लुम्बिनी विश्व कै सम्पदा हो : मुख्यमन्त्री पोखरेल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लुम्बिनी विश्व कै सम्पदा हो : मुख्यमन्त्री पोखरेल


प्रशासन संवाददाता

३ जेष्ठ २०७६, शुक्रबार


Shankar pokhrel

खस्यौली । लुम्बिनी भ्रमण वर्षको सन्दर्भमा नेपाल फोटो पत्रकार महासंघले आजदेखि लुम्बिनीमा फोटो प्रदर्शनी शुरु गरेको छ । तीन दिनसम्म सञ्चालन हुने फोटो प्रदर्शनीमा प्रदेश नं ५ मा खिचिएका अधिकांश फोटो प्रदर्शन गरिएको छ ।

सो अवसरमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनी भ्रमण वर्षको आरम्भले लुम्बिनीलाई स्थापित गराउन भूमिका निर्वाह गर्ने उल्लेख गर्दै लुम्बिनी विश्व कै सम्पदा हो भने ।

उनले आन्तरिक पर्यटक भित्र्याएर लुम्बिनीको विकास गरिने बताउँदै लुम्बिनी गुरुयोजना सम्पन्न गर्ने प्रक्रियामा रहेको बताए। ‘यहाँको संस्कृति र परम्परासँग लुम्बिनीको विकास जोडिएको छ’, उनले भने ।

लुम्बिनी आसपासमा बुद्धकालीन सभ्यतासँग सम्बन्धित १० स्थान रहेको र त्यसमा पनि सबैभन्दा बढी कपिलवस्तुमा रहेको जानकारी दिँदै मुख्यमन्त्री पोखरेलले तिलौराकोट उत्खननको काम पनि अघि बढेको जानकारी दिए।

उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी, नेपाल पत्रकार महासंघ, प्रदेश नं ५ का उपाध्यक्ष भरत केसीलगायतले लुम्बिनीको विकासमा फोटो पत्रकारको भूमिका प्रशंसनीय भएको बताए ।

बुद्धकालीन सभ्यतासँग सम्बन्धित कपिलवस्तुका गोटिहवा, निग्लीहवा, सिसहनीया, कुदान, रुपन्देहीको सैनामैना, बुटवल, देवदह, रामग्रामलगायतका स्थान पर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस