स्वास्थ्यमा कुल बजेटको १० प्रतिशत पुर्‍याउन पहल : उपप्रधानमन्त्री यादव « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

स्वास्थ्यमा कुल बजेटको १० प्रतिशत पुर्‍याउन पहल : उपप्रधानमन्त्री यादव


प्रशासन संवाददाता

२ जेष्ठ २०७६, बिहिबार


काठमाडौं ।  उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आगामी आर्थिक वर्षको कुल बजेटबाट १० प्रतिशत बजेट स्वास्थ्य सेवालाई विनियोजन गर्न आफूले पहल गरिरहेको बताएका छन् ।

राजधानीमा भएको एक कार्यक्रममा उनले आगामी आर्थिक वर्षको कुल बजेटको दश प्रतिशत पुर्‍याउन प्रधानमन्त्री र राष्ट्रिय योजना आयोगमा आफूले पहल गरेको बताए ।

‘कुल बजेटको सबैभन्दा बढी बजेट स्वास्थ्य र शिक्षामा विनियोजन हुनु पर्ने हो । तर स्वास्थ्यलाई जम्मा ४.४ प्रतिशत छुट्टयाइयो छ । देशको स्वास्थ्य सेवा सुधार गर्न बजेटको यो अनुपात अत्यन्तै थोरै हो,’उनले भने, ‘आगामी बजेटको कम्तीमा पनि दश प्रतिशत पुर्‍याउन प्रधानमन्त्री र योजना आयोगमा छलफल भइरहेको छ ।’

थाइल्याण्डमा कुल बजेटको २१ प्रतिशत बजेट विनियोगन हुने गरेको उदाहरण दिँदै मन्त्री यादवले स्वास्थ्य र शिक्षा क्षेत्रलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस