कक्षा ११ बाटै कानुन पढ्न पाइने, अध्यापनका लागि कर्मचारी माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कक्षा ११ बाटै कानुन पढ्न पाइने, अध्यापनका लागि कर्मचारी माग


प्रशासन विशेष ब्युरो

१ जेष्ठ २०७६, बुधबार


काठमाडौँ । के तपाईँ एसइई दिएर बस्नु भएको छ ? तपाईँलाई कानुन विषय बढ्न मन छ ? त्यसो भए खुसीको खबर छ । नेपाल विद्यापीठले कक्षा ११ बाट नै कानुन विषयको पढाई सुरु गर्ने भएको छ ।

नेपालमा पहिलो पटक प्लस टु मा कानूनको पढाई सुरु गर्न लागिएको विद्यापीठले जनाएको छ । यसअघि प्लस टु उत्तिर्ण गरेपछि ५ वर्ष र स्नातक उत्तीर्ण विद्यार्थीले तीन वर्षे एलएलबी पढ्न पाउने गरेकामा अब ११ र १२ देखि नै कानुन विषय पढ्न पाउने छन् ।

अब सिधै प्लस टु बाट नै एकैचोटी एलएलबी पढ्न पाउने भएकोले समय र पैसा दुवैको बचत भएको नेपाल विद्यापीठका अध्यक्ष कृष्णहरि मैनालीले बताए ।

‘मुलुक संघीयतमा गएसँगै तल्लो निकायमासमेत न्यायिक अधिकार रहेकोले सबैतिर कानुनी कुराहरू जान्नुपर्ने भएको छ’ अध्यक्ष मैनालीले भने ‘सबै क्षेत्रमा कानुन बुझ्नुपर्ने अपरिहार्यता जस्तै भएकोले पनि प्लस टु बाट नै सुरु गर्न लागेका हौँ ।’

राजनीतिज्ञ, प्रशासकलगायत विविध क्षेत्रका विज्ञहरूसँग गरिएको लामो छलफलका क्रममा कानुन विषयको बढ्दो आवश्यकतालाई मध्यन नजर गरी विद्यापीठले यो विषयको सुरुवात गर्न खोजिएको उनको भनाई छ ।

यसै वर्षको नयाँ शैक्षिक सत्रबाट कानुन संकायको पढाई सुरु गर्न लागेको विद्यापीठले प्रिन्सिपल, भ्वाईस प्रिन्सिपल, कोर्डिनेटरलगायत सयौँ कर्मचारी मागसमेत गरेको छ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस