२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिडिया काउन्सिल सम्बन्धी विधेयक फिर्ता लिन आग्रह : नागरिक समाज

अ+ अ-

नागरिक समाजका अगुवाले सरकारले संघीय संसद्मा दर्ता गराएको तीन वटा विधेयकप्रति आपति जनाउँदै त्यसलाई तत्काल फिर्ता लिन सरकारसंग आग्रह गरेका छन् ।

राष्ट्रिय मानवअधिकार ऐन–२०६८ को संशोधन गर्न बनेको विधेयक–२०७५, मिडिया काउन्सिल सम्बन्धी विधेयक–२०७५ र सामाजिक संघसंस्था ऐन–२०७५ को सन्दर्भमा संयुक्त नागरिक अभियानद्वारा आज यहाँ आयोजित नागरिक संवाद कार्यक्रममा उनीहरुले संविधानको प्रावधान, व्यवस्था र भावनाको प्रतिकूल हुने गरी ती विधेयकहरु आएकाले त्यसलाई तत्काल फिर्ता लिन सरकारसंग आग्रह गरेका हुन् ।

संघीय संसद्मा दर्ता भएको विधेयकमा कसैको मर्यादा वा प्रतिष्ठामा आँच पु¥याएको देखिएमा काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई रु २५ हजारदेखि दश लाखसम्म जरिवाना गर्न सक्नेछ भनिएको छ ।

पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले संविधानमा पूर्ण प्रेस स्वतन्त्रता हुँदाहुँदै संविधान विपरीत सरकारले समाचार लेखेकै आधारमा पत्रकारमाथि दण्ड सजायको व्यवस्था गर्नु लोकतन्त्र र जनताको मौलिक अधिकारविरुद्ध हो भने ।

विधेयकमा काउन्सिलबाट जारी भएको आचार संहिताविपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेको कारणबाट व्यक्ति वा संस्थालाई क्षति पुगेको भएमा काउन्सिलले त्यस्तो क्षति पुगेको व्यक्ति वा संस्थालाई मनासिव क्षतिपूर्ति भराइदिन सक्नेछ भनी उल्लेख गरिएको छ ।

मिडिया काउन्सिलसम्बन्धी विधेयकले सञ्चार क्षेत्रमा अङ्कुश लगाउन सक्ने भन्दै नेपाल पत्रकार महासंघ आन्दोलनमा छन् ।

राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक मुरारी खरेलले राष्ट्रिय मानवअधिकार आयोग ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक नेपालको संविधान, मानवअधिकार आयोगका गठनसम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्त र मान्यता (पेरिस प्रिन्सिपल) को विपक्षमा देखिएकाले त्यसलाई तत्काल सच्याउनुपर्ने बताए।

स्वतन्त्र ढङ्गले छानबिन गर्न पाउने र मुद्दा दायर गर्न सिफारिस गर्न पाउने अधिकार कटौती गर्ने गरी र सर्वोच्च अदालतको २०६९ फागुन ११ गतेको फैसलाको विपरीत ल्याइएको महान्यायाधिवक्ता मातहत रहनेजस्तो देखिने प्रस्तावित दफा १७ ‘क’ हटाइनुपर्ने माग समेत उनले गरे।

राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका अध्यक्ष भवानी खरेल र युथ एड्भोकेशी नेपाल (यान) का अध्यक्ष नरेन खतिवडालगायतले सरकारले मानव अधिकार आयोगसम्बन्धी विधेयक, मिडिया काउन्सिलसम्बन्धी विधेयक र सामाजिक संघ/संस्थासम्बन्धी विधेयकका विरुद्ध एकजुट हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस