डडेलधुरा । अछामको मंगलसेन नगरपालिकाको गाडीमा अज्ञात समूहद्वारा आगजनी गरिएको छ ।
नगरपालिकाको बा२झ ३६९४ नम्बरको जिपमा बुधबार बिहान २ बजेतिर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जनक बहादुर शाहीले बताए।
नगरपालिका भित्रै राखिएको नगर प्रमुख चढ्ने जिपमा आगजनी भएको छ ।
करिब १ बर्ष अगाडि १ करोड २० लाखमा खरिद गरिएको गाडीमा आगजनी हुँदा गाडी जलेर पूर्णरुपमा नष्ट भएको छ । प्रहरीका अनुसार आगजनी गर्नेहरुको खोजिकार्य जारी रहेको छ।
मंगलसेन बजारका स्थानीयले गाडीमा आगजनी भएको जानकारी प्रहरीलाई गराएपछि प्रहरीले घटनास्थलमा पुगेपछि गाडीमा लागेको आगो नियन्त्रणलिएको थियो ।
रातिको समयमा आगजनी गरिएकाले कसले आगजनी गर्यो भन्ने अहिलेसम्म पत्ता नलागेको बताइएको छ ।