२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजार दोहोरो अङ्कले वृद्धि

अ+ अ-

काठमाडौं । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार सूचक १४.१२ बिन्दुले बढेर एक हजार ३१५.४५ अङ्कमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेन्टिभ परिसूचक १.५ बिन्दुले बढेर २७९.७४ अङ्कमा पुगेको छ । स्टकका अनुसार आज कूल १७० कम्पनीको ३१ लाख ६६ हजार ४६७ कित्ता शेयर रु एक अर्ब तीन करोड ७२ लाख ५८ हजार ७२९ मूल्यमा कारोवार भयो । कारोवार भएका १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर घटेको छ । सो उपसमूह ०.१७ बिन्दुले घटेको छ । बैंकिङ १४.१४, होटल १७.५७, विकास बैंक ११.६०, जलविद्युत् २.५९, वित्त २.६९, निर्जीवन बीमा १४५.८४, उत्पादन ८४.७१, अन्य ०.०८, लघुवित्त ९.५०, जीवन बीमा ४३.०८ र सामूहिक कोष ०.०९ बिन्दुले बढेको छ ।

स्टकका अनुसार नेपाल बैंक लिमिटेडको प्रतिकित्ता रु ३१३ का दरले रु १० करोड ७९ लाख ८५ हजार ६४४, शिवम् सिमेन्ट प्रतिकित्ता रु ५४६ का दरले रु आठ करोड ४१ लाख ३६ हजार ७००, कृषि विकास बैंकको प्रतिकित्ता रु ४१६ का दरले रु सात करोड ८६ लाख ९८ हजार ६०६, एनसिसी बैंकको रु पाँच करोड ५२ लाख २५ हजार ५५६, प्राइम बैंकको रु चार करोड ८२ लाख १८ हजार २७४ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडको रु तीन करोड १६ लाख ११ हजार ९१० मा कारोवार भई शीर्ष स्थानमा रहे । राष्ट्रिय बीमा कम्पनी लिमिटेडका शेयरधनीले १० प्रतिशतले कमाएका छन् ।

यस्तै राष्ट्रिय बीमा कम्पनी लिमिटेडका संस्थापक शेयरधनीले ९.९९, शिवम् सिमेन्ट ९.८६, भार्गव विकास बैंक ८.१५, कृषि विकास बैंक ७.७७, कर्पोरेट डेभलपमेन्ट बैंक ७.१४, ओरियन्टल होटल ६.४२ र युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका शेयरधनीले ६.०३ प्रतिशतले कमाए । सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ७.५५, जोशी हाइड्रोपावर कम्पनी ५, सपोर्ट माइक्रोफाइनान्स ३.७१, ग्लोबल आइएमई समुन्नत स्किम ३.७० तथा समुन्नत माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकका शेयरधनीले ३.६५ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस