नागार्जुनमा ५० प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नागार्जुनमा ५० प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न


प्रशासन संवाददाता

३१ बैशाख २०७६, मंगलबार


गोरखा । ‘गोरखा भूकम्प’ गएको चार वर्ष बितिसक्दा नागार्जुन नगरपालिकामा ५० प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ ।

नगरपालिकामा २६ प्रतिशत लाभग्राहीले मात्रै घर निर्माण सकाएर तेस्रो किस्तावापतको रकम लिएका छन् । नगरपालिकामा पुनः निर्माणका लागि लाभग्राही ४ हजार २८८ रहेकामा एक हजार १५५ को मात्रै निजी आवास पुनःनिर्माण सकिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका वरिष्ठ इञ्जिनीयर दीपकुमार गिरीले नगर क्षेत्रमा नक्शा पास गराउन सजिलो नभएका कारण पुनःनिर्माणको गति सुस्त भएको बताए । नगरपालिकाको मापदण्ड विपरीत बनेका घर, सडकको मापदण्ड विपरीत र सानो क्षेत्रफलमा बनेका घरलाई के गर्ने भन्ने स्पष्ट नीति नभएका कारण निजी आवास निर्माणले गति लिन नसकेको इञ्जिनीयर गिरीले बताए ।

नगरपालिकामा पहिलो किस्ता लिने लाभग्राही एक हजार ४०५ र दोस्रो किस्ता लिने लाभग्राही एक हजार ४७७ छन् ।रासस

प्रतिक्रिया दिनुहोस