जेष्ठ ९ गते, २०७६

त्रिपोलीमा जारी सङ्घर्ष रोक्न राष्ट्रसंको आग्रह

राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले घाइते र बिरामीको उद्धारका लागि लिबियाको राजधानी त्रिपोलीमा जारी सशस्त्र संघर्ष तत्काल रोक्न युद्धरत पक्षहरुलाई आग्रह गरेको छ ।

राष्ट्रसंघका महासचिवकाराष्ट्रसंघ उपप्रवक्ता फरहान हकले जारी लडाइँका कारण मानवीय सङ्कट चरम अवस्थामा पुग्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

गत अप्रिलयता दुई हजारभन्दा बढी मानिस घाइते भएका छन् भने सयौंको ज्यान गइसकेको छ । लिबियामा हाल राष्ट्रसंघ समर्थित लिबियाली सरकार र पूर्वी क्षेत्रमा सक्रिय जनरल खलिफा हफ्तार निकट सैनिकबीच त्रिपोलीलाई नियन्त्रण गर्ने नाममा भिडन्त जारी छ ।

गत सातादेखि दुबै पक्षबीचको लडाइँ अझ व्यापक भएको राष्ट्रसंघको भनाई छ । हकका अनुसार करिब ३ हजार २०० शरणार्थी र आप्रवासीहरु बन्दी अवस्थामा रहन बाध्य छन् । उनीहरुलाई खाना, पानी र स्वास्थ्यसेवाको चरम अभाव छ ।

राष्ट्रसंघीय आप्रवासन एजेन्सीका अनुसार करिब ६७ हजार मानिस आफ्ना घर छाडेर भागेका छन् भने करिब १ लाख मानिस जोखिममा परेका छन् । रासस/सिन्ह्वा

बैशाख ३१ गते, २०७६ - १४ः२९ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg