२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डडेल्धुराका अधिकांश वनमा डढेलो

अ+ अ-

अमरगढी । डडेल्धुराका अधिकांश वन जङ्गलमा डढेलो लागेको छ । अत्यधिक गर्मी बढेसँगै वर्षासमेत नहुँदा वन जङ्गलमा पातपतिङ्गर बढी सुकेका कारण अन्य वर्षको तुलनामा यस वर्ष जिल्लाका सामुदायिकलगायतका वनमा डढेलो बढी लागेको हो ।

डढेलो नियन्त्रण हुन नसक्दा स–साना बोटबिरुवा जलेर मर्नेलगायत जनावर र चराचुरुङ्गीमा समेत नराम्रो असर पर्ने गरेको छ । डिभिजन वन कार्यालय डडेल्धुराका सहायक वन अधिकृत प्रकाश जोशीका अनुसार स्थानीय उपभोक्ताको लापरवाहीका कारण जङ्गलमा बढी आगलागी हुने गरेको छ । सहायक वन अधिकृत जोशीले भने, “चुरोट, बिँडी खाएर जथाभावी फाल्ने तथा लापरवाहीपूर्ण तरिकाले जानीजानी आगो लगाइदिँदा वन डडेलो बढेको हो ।”

जनचेतनाको अभाव पनि देखिएको भन्दै उनले यो वर्ष डढेलो नियन्त्रणका लागि जिल्लाव्यापीरूपमा अभियान नै सञ्चालनमा ल्याइएका जानकारी दिए। आगो लगाउँदा जङ्गलमा घाँस राम्रोसँग पलाउने हुँदा जिल्लाका कतिपय स्थानमा उपभोक्ताले आगो लगाउने र आगो बढ्दै गएर वन विनाशको कारण पनि बन्ने गरेको पाइएको छ । झारपात सुक्ने मौसममा सानो आगोको झिल्कोका कारण लागेको लागो पनि महीना दिनसम्म वनमा देखिने गरेको छ । राजमार्ग छेउछाउका जङ्गलमा समेत अत्यधिक डढेलो लागेको छ ।

जिल्ला वन कार्यालय डडेल्धुराको तथ्याङ्कअनुसार जिल्लामा कूल भूभागको ७५ प्रतिशतभन्दा बढी क्षेत्रफल वनजङ्गलले ओगटेको छ । एक लाख ५३ हजार ८ हेक्टरमध्ये एक लाख १५ हजार १५९ हेक्टर क्षेत्रफलमा वन फैलिएको छ । रासस