२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेश र पहाडको उत्पीडनको कथा रङ्गमञ्चमा

अ+ अ-

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पहाडी र मधेशी समुदायबीचको एकता, सद्भाव र भ्रातृत्वलाई केही अराजकहरुले खण्डित गर्ने कोसिस गरे पनि जागरणका माध्यमबाट सचेतना प्रदान गर्नुपर्ने मन्त्री बताएका छन् ।

अनामनगरस्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘मिता आब कोना चलब’ अर्थात् (मितज्यू अब कता जाने) हेरेपछि उनले नाटकले नेपाली समाजलाई एकताबद्ध बनाउन अभिप्रेरित गर्ने बताए ।

“एउटा समय थियो, हाम्रो समाजका केही विषालुहरुले विष घोलेका थिए”, मन्त्री पण्डितले भने, “अब त्यो विष विस्तारै समाप्त हुँदैछ, तर त्यसका छिटा अहिले पनि कहीँकतै देखिन्छ, अन्तिम सत्य के हो भने सामाजिक सद्भाव तथा राजनीतिक सद्भावको पनि खाँचो छ ।”

युवा कलाकार रामभजन कामतको लेखन तथा निर्देशन रहेको नाटक मण्डला नाटकघरमा वैशाख २० गतेदेखि मञ्चन भइरहेको छ । जेठ ५ गतेसम्म मञ्चन हुने नाटकको प्रस्तुति विराटमैथिल नाट्य कला परिषद्को रहेको छ । नाटकमा निर्देशक कामतसहित सुनिता घिमिरे, कौशिला कामत, मिलन नेपाली, विकास पराजुली, राजेश ठाकुर, भरत कार्की, सञ्जय गुप्ता, आदित्य मिश्रा, अमृता श्रेष्ठ, अमृत स्वाँर र शङ्कर पोखरेलले अभिनय गरेका छन् ।

‘मिता आब कोना चलब’को कथासार 

नेपाली र मैथिली भाषामा रहेको ‘मिता आब कोना चलब’ नाटकमा एक पहाडी र एक मधेशी मूलका व्यक्तिबीच भेट हुन्छ । त्यो भेटलाई उनीहरुले गहिरो मित्रतामा परिणत गर्छन् । एकले अर्कालाई चाडपर्वमा बोलाउने क्रमले मित्रता अझ प्रगाढ बन्छ । नाटकको दोस्रो खण्डमा कथाले नयाँ मोड लिन्छ । ती दुई मितको सम्बन्धमा दरार पैदा हुन्छ । आपसी द्वन्द्व कसरी समाधान हुन्छ वा हुँदैन ? यसका लागि नाटक ‘मिता आब कोना चलब’ हेर्नुपर्ने हुन्छ ।

‘मिता आब कोना चलब’ले मधेश आन्दोलनपछिको तराईका नागरिकमा सिर्जित मनोविज्ञानलाई पनि प्रस्तुत गरेको निर्देशक कामतले बताए । नाटकमा सामान्य कृषिकर्म गर्ने मानिसको परिवारमा परेको असरलाई जीवन्त शैलीमा प्रस्तुत गरिएको छ । पहाडी खस र मिथिला संस्कृतिको संयोजनले नाटकलाई अन्तरआञ्चलिक विशेषता प्रदान गरेको छ । नाटकमा नेपाली र मैथिली दुवै भाषा प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस