नेपाल–भारत रेलवे सम्झौता : भारतले नेपाललाई दुई ‘एचपी डेमाे रेल’ दिने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

नेपाल–भारत रेलवे सम्झौता : भारतले नेपाललाई दुई ‘एचपी डेमाे रेल’ दिने


२८ बैशाख २०७६, शनिबार


काठमाडौं । नेपाल–भारत रेलवे सम्झौता भएको छ । शुक्रबार नेपाल र भारतबीच रेलखरिद गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

नेपालका तर्फबाट सम्झौतापत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी र नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीको उपस्थितिमा कोंकोण कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

यो सम्झौता अनुसार भारतले १६०० हर्षपावरका दुई वटा ‘एचपी डेमाे रेल’ दिने भनिएको छ । यी रेल नेपालको कुर्था र भारतको जयनगरबीच चल्नेछन् ।

जसमा एक ड्राइभिङ पावर कार, तीन ड्राइभिङ टेलर कार (एउटा एयर कन्डिसनयुक्त) र आधुनिक प्रविधियुक्त रहने छन् ।

यो रेलको सेट सेट तमिलनाडुको चेन्नाईस्थित इन्ट्रिग्रेटेड कोच फ्याक्ट्रीमा निर्माण हुनेछन् ।

नेपाल–भारत विकास साझेदारीअनुसार भारतीय वित्तीय अनुदानमा ३४ किलोमिटर लामो जयनगर–कुर्था रेलवे निर्माण गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस