२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईपीएल : दिल्लीलाई हराउँदै चेन्नाई फाइनलमा

अ+ अ-

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै चेन्नाई सुपरकिंग्स फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४७ रन बनाएको थियो । जवाफमा चेन्नाईले १९ ओभरको अन्तिम बलमा ४ विकेटको क्षतिमा १५१ रन बनाएर जित हात पारेको हो ।

चेन्नाईको जितमा सबैभन्दा धेरै फाफ डुप्लेसिस र शेन वाटसनले समान ५०–५० रन बनाए । डुप्लेसिस प्लेअर अफ द म्याच बने । उनले ७ चौका र एक छक्काको मद्दतमा अर्धशतक बनाए । ट्रेन्ट बोल्टको बलमा किमो पलले डिप स्क्वायर लेगमा उनलाई क्याचआउट गरे । शेन वाटसनलाई अमित मिश्राले शिकार बनाए । उनलाई बोल्टले बाउन्ड्री नजिक क्याच गरे ।

सुरेश रैना १६ औं ओभरको अन्तिम बलमा ११ रन बनाएर आउट भए । उनलाई अक्षर पटेलले बोल्ड गरे । उनी आउट हुँदा चेन्नाइको स्कोर १२७ थियो । चेन्नाईलाई जित्नको लागि २ रन चाहिएको बेला महेन्द्र सिंह धोनीको चौथो विकेट गुम्यो । इशान्त शर्माको बलमा किमो पलले धोनीको क्याच पकडेका थिए । धोनी ९ बलमा ९ रन बनाएर आउट भए । अम्बाती राएडु २० रनमा नटआउट रहे ।

त्यसअघि पहिले ब्याटिङ गरेको दिल्लीका लागि ऋषभ पन्तले सबैभन्दा धेरै ३८ रन बनाए । शिखर धवनले १८, कोलिन मुनरोले २७ र श्रेयस अय्यरले १३ रन बनाए । इशान्त शर्माले नटआउट १० रन बनाए । अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् ।

चेन्नाइका लागि दीपक चाहर, हरभजन सिंह, रविन्द्र जडेजा र ड्वेन ब्राभोले २(२ विकेट लिए । इमरान ताहिरले एक विकेट लिए ।

अब आइतबार चेन्नाई र मुम्बई इण्डियन्सबीच उपाधिका लागि प्रतिस्पर्धा हुने छ । चेन्नाई र मुम्बई दुवै टिम चौथो पटक फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि यी दुवै टिम सन् २०१०, २०१३ र २०१५ मा पनि उपाधिका लागि भिडेका थिए । मुम्बई २०१३ र २०१५ मा चेन्नाईलाई हराएर आईपीएल च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया दिनुहोस