बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)


प्रशासन संवाददाता

२७ बैशाख २०७६, शुक्रबार


काठमाडौं । अर्थमन्त्री डा. युवराज ‘आर्थिक वर्ष २०७६/७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका छन्।

मन्त्री खतिवडाले शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता खाकाभित्र रहेर बजेट तर्जुमा गरिने जानकारी गराउँदै छलफलमा उठेका विषयवस्तुलाई बजेटको मार्ग दर्शनका रूपमा लिने बताएका थिए।

संवैधानिक व्यवस्थाअनुसार नागरिकका मौलिक हक र अधिकार सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गर्दै जीवनयापनका न्यूनतम आधारभूत आवश्यकता शीघ्र पूरा गरिने विनियोजन विधेयकको प्राथमिकता रहेको अर्थमन्त्री खतिवडाको भनाइ थियो।

मन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा खाद्य सुरक्षा, रोजगारी, आधारभूत शिक्षा, जनस्वास्थ्य, आवास, सामाजिक सुरक्षालगायतका मौलिक कार्यान्वयन गर्न बनेका कानूनको कार्यान्वयन गरी सुरक्षित, सम्मानजनक र गुणस्तरीय जीवनयापनको अवसर सुनिश्चित गर्दै लगिने बताए।

आगामी दुई वर्षभित्र सबै बालबालिकालाई भर्ना गराउँदै ‘साक्षार नेपाल’ घोषणा तर्फ बजेट लक्षित गरिने, जोखिमयुक्त बस्तीका सबै परिवारलाई सुरक्षित स्थानमा सुविधायुक्त आवासको व्यवस्था गर्ने, आगामी आवलाई युवा परिचालन वर्षका रूपमा लिइनेलगायतका प्राथमिकता बजेटमा राखिएको जानकारी गराए। वैशाख २९ गते दिउँसो ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उक्त प्रस्तावमाथि छलफल हुनेछ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (पूर्णपाठसहित)

Tags :
प्रतिक्रिया दिनुहोस