लिबियामा आतङ्कवादी आक्रमण, दुई जनाको हत्या « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

लिबियामा आतङ्कवादी आक्रमण, दुई जनाको हत्या


प्रशासन संवाददाता

२७ बैशाख २०७६, शुक्रबार


त्रिपोली । इस्लामिक स्टेट्स (आइएस) समूहले दक्षिण त्रिपोलीको घाड्वामा गरेको आतङ्ककारी हमलामा परेर कम्तीमा बिहीबार दुई जनाको मृत्यु भएको छ भने अरु धेरै जना घाइते भएका छन् ।

साभा शहरको प्रहरी स्रोतले घाड्वामा बिहानीपख भएको आक्रमणबाट स्थानीय दुई जनाको मृत्यु भएको र केही युवालाई अपहरण गरिएको बताए ।
प्रहरीले स्थानीयबासीका धेरैवटा निजी घर तथा सरकारी कार्यालयहरुमा आगजनी गरिएको जनाएको छ । आइएस समूहले घाड्वा शहरमा रहेका हफ्तार समूहका लडाकूहरुका घरहरुमा आक्रमण गरिएको दाबी गरेको छ ।

दक्षिण लिबियाको सबैभन्दा ठूलो शहर साभालाई पूर्वी क्षेत्रमा सक्रिय जनरल खलिफा हफ्तारका सेनाले कब्जामा लिइराखेका छन् ।रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस