२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महोत्तरीमा सर्पले डस्दा दुई वटा गाई मरे

अ+ अ-

गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराही गाउँमा चार दिनमा विषालु सर्पले टोक्दा दुई वटा दुधालु गाई मरेकोे छ ।

आज बिहान करीब १० बजे गाउँकै पूर्वपट्टि रहेको खाली खेतको ठूला फाँटमा घाँस चरिरहेको स्थानीयवासी नरेश साहको गाईलाई विषालु सर्प गोमनले टोक्दा एक छिनमै गाईको ज्यान गएको जनाइएको छ ।

प्रत्यक्षदर्शी गाई हेरालु र घाँस काट्दै गरेका दर्जनौँ महिला–पुरुषका अनुसार गाई चरिरहेको ठाउँमा अचानक विषालु गोमन सर्प आएको र गाईको खुट्टामा टोकेको एक छिनमै गाई छट्पटाउँदै वनमै मरेको थियो ।

एक महीनाअघि मात्रै ६० हजार भारुमा किनेर ल्याएको गाईलाई सर्पले टोक्दा ज्यान गएपछि साह परिवार निक्कै दुःखी भएका छन् ।

त्यस्तै गत सोमबारका दिन पनि सोही खेतको फाँटमा चरिरहेका बेला स्थानीयवासी श्यामबाबु चौधरीको दुधालु गाईलाई पनि विषालु सर्प गोमनले नै टोक्दा गाईको ज्यान गएको थियो ।

यसरी चार दिनको अवधिमा एउटै गाउँकै दुई वटा दुधालु गाईलाई विषालु सर्प गोमनले टोक्दा ज्यान गएपछि स्थानीय किसानहरु भयभित भएका छन् भने वनमा जान र गाईवस्तु लैजान डराएका छन् । रासस