२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा प्रणाली बदल्नुपर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

अ+ अ-

बागलुङ । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले देशको शिक्षा प्रणाली बदल्नुपर्ने बताएका छन् । बागलुङ नगरपालिका–३ स्थित विद्यामन्दिर माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बुधबार उनले जीवनपयोगी शिक्षामा जोड दिए ।

वैज्ञानिक, व्यावहारिक र सीपयुक्त शिक्षा दिन नसके सक्षम जनशक्ति तयार नहुने उनको धारणा छ । “मुलुकलाई गतिलो शिक्षा प्रणाली चाहिन्छ”, उनले भने, “अप्रगतिशील र हिजोकै थोत्रो पाठ्यक्रमले आजको समस्या समाधान हुँदैन ।”

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले बदलिँदो परिवेशअनुसार शिक्षा प्रणालीलाई सुधार गर्दै लैजानुपर्ने उल्लेख गरे । “हामीले विद्यार्थीलाई जिज्ञासु, अन्वेषण गर्न सक्ने, आलोचनात्मक दृष्टिकोण भएको र समस्या समाधान गर्न सक्ने बनाउनुपर्छ”, उनले भने, “ज्ञान, सीप, प्रवृत्ति र मूल्य, मान्यतामा ध्यान दिनुपर्छ ।”

नवीन सोच र चिन्तनविना पढाइको प्रमाणपत्रले मात्र कुनै योग्यता नराख्ने भन्दै उनले शिक्षालाई समाज, उत्पादन र जीवन पद्धतिसँग जोड्नुपर्ने उल्लेख गरे। ज्ञानको पूर्णताको माध्यम शिक्षा भएको भन्दै सबैलाई शिक्षाको समान अवसर दिइनुपर्ने उनको भनाइ छ ।

“लगानीको सबभन्दा उपयुक्त क्षेत्र शिक्षा हो”, उनले भने, “शिक्षा समाजको वर्तमान र भविष्य हो ।” पूर्वप्रधानन्यायाधीश श्रेष्ठ विद्यामन्दिर माविको पूर्वविद्यार्थीसमेत हुन् । वि.सं २०७२ को भूकम्पले विद्यालय भवनमा क्षति पुर्‍याएपछि वि.सं २०७३ असारदेखि विद्यालयको पुनःनिर्माण शुरु गरिएको थियो ।

२६ कोठे नयाँ भवन विद्यालयका पूर्वविद्यार्थीलगायत दाताको सहयोगमा निर्माण भएको हो । चार करोड ३७ लाखको लागतमा भवन निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बताए ।

भौतिकरूपमा विद्यालय सम्पन्न भएको भन्दै शैक्षिक गुणस्तर सुधारमा विद्यालय लागिपरेको विद्यालयका प्रधानध्यापक जगन्ननाथ आचार्यले बताए । वि.सं १९९७ मा खुलेको विद्यालयमा अहिले एक हजार ३०० विद्यार्थी अध्ययनरत छन् ।

कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी सङ्कायको पढाइ हुन्छ । विद्यामन्दिरलाई नमूना विद्यालयको रूपमा विकास गर्ने विद्यालय व्यवस्थापनको योजना छ । नवनिर्मित भवनसँगै विद्यालयका भवन छ र कोठा सङ्ख्या ५२ पुगेका छन् । भवन निर्माणमा सहयोग गर्ने दातालाई विद्यालयले सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस