कर्मचारीका सन्तत्तिलाई एक लाखको छात्रवृत्ति दिने प्रदेश सरकारको घोषणा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्मचारीका सन्तत्तिलाई एक लाखको छात्रवृत्ति दिने प्रदेश सरकारको घोषणा


२५ बैशाख २०७६, बुधबार


काठमाडौँ । सुदूर पश्चिम प्रदेशले प्रदेश तथा प्रदेशस्तरका जिल्ला एवं स्थानीय तहका कार्यालयहरूमा कार्यरत सरकारी कर्मचारीका सन्ततिलाई उच्च शिक्षा अध्ययनका लागि एक लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्ति सम्बन्धी सूचना प्रकाशित गर्दै चालु आर्थिक वर्षका लागि ३५ जनाको कोटा छुट्ट्याएको छ । यसका लागि आवश्यक योग्यता २०७५ मा कक्षा उत्तीर्ण गरी स्नातक तह प्रथम वर्षमा अध्ययनरत भएको हुनुपर्नेछ ।

मन्त्रालयले कर्मचारी शैक्षिक छात्रवृत्ति अन्तर्गत प्रदेश तथा प्रदेशस्तरका जिल्ला एवं स्थानीय तहका कार्यालयमा कार्यरत रही अध्ययन बिदा नलिई उच्च शिक्षा अध्ययन गर्ने सरकारी कर्मचारीलाई पनि एक लाख रुपैयाँ दिने भएको छ ।

१५ जना कर्मचारीलाई विवतरण गरिने उक्त छात्रवृत्ति राजपत्र अनंकित वा सो सहरका कर्मचारीको हकमा स्नातक तथा राजपत्र वा सो सरहका कर्मचारकिो हकमा स्नातकोत्तर, एमफिल, पिएचडी अध्ययनरत रहेको हुनुपर्ने जनाएको छ ।

त्यसै गरी जयपृथ्वीबहादुर सिंह छात्रवृत्ति र टिकाराम पार्की छात्रवृत्तिमा एक सय ७६ जना र शहीद दशरथ चन्द छात्रवृत्ति अन्तर्गत ५० जनालाई जनही ५० हजार प्रति विद्यार्थी छात्रवृत्ति दिने भएको छ ।

आवेदन पेस गर्ने अन्तिम मिति जेठ २१ गतेसम्म तोकिएको छ ।

हेर्नुस् छात्रवृत्ति सम्बन्धी सूचना

 

प्रतिक्रिया दिनुहोस