सारिका र योगेशले लिएर आए ‘ऐसेलुको पात’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सारिका र योगेशले लिएर आए ‘ऐसेलुको पात’


२५ बैशाख २०७६, बुधबार


काठमाडौं । सारिका घिमिरे र योगेशकाजीको स्वरमा रहेको गीत ‘ऐसेलुको पात’ सार्वजनिक भएको छ । योगेशकाजीको शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सारिकाले नै निर्देशन गरेको गीतको भिडियोमा विवेक मोक्तान, नमुना श्रेष्ठ र चपुर हिरोज क्रियूलाई फिचर्ड गरिएको छ ।

विवेक मुक्तान र सुदीप राईको कोरियोग्राफी रहेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुँमागाईको छायाँकन र विष्णु खड्काको सम्पादन रहेको छ । गीतको भिडियोलाई एस इन्टरटेनमेन्टबाट सार्वजनिक गरिएकोहो ।

अभिनयसँग सँगै गायनमा आफूलाई शसक्त रुपमा प्रस्तुत गर्दै आएकी नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेका गीतहरु स्रोता/दर्शकको रोजाइमा परेका छन् भने गायक योगेशकाजीका पनि थुप्रै गीत लोकप्रिय छन् ।

‘हाम्रा अन्य गीत जस्तै ‘ऐसेलुको पात’ले पनि स्रोता/दर्शकको माया पाउने मा हामी आशावादी छौ’, योगेश/सारिकाले भने ।

हेर्नुस् भिडियो: 

Tags :
प्रतिक्रिया दिनुहोस