प्रधामन्त्री स्वरोजगार कार्यक्रममा छुटेकालाई फारम भर्न आग्रह « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रधामन्त्री स्वरोजगार कार्यक्रममा छुटेकालाई फारम भर्न आग्रह


२५ बैशाख २०७६, बुधबार


काठमाडौं । काठमाडौं महानगपालिकाले प्रधामन्त्री स्वरोजगार कार्यक्रममा फारम भर्न छुटेकालाई तत्काल भर्नको लागि आग्रह गरेको छ । वैशाख मसान्तसम्म फारम भर्ने समयसीमा रहेको र सरकारले पहिलो पटक ल्याएको कार्यक्रम भएकाले छुटेकालाई कामपाले आग्रह गरेको हो ।

महानगरप्रमुख विद्यासुन्दर शाक्यलका अनुसार ३२ वडा रहेको कामपामा अहिलेसम्म जम्मा २७० जनाले मात्रै यस कार्यक्रममका लागि फारम भरेका छन् । प्रमुख शाक्यले जानकारी नभएर पनि धेरैले आवेदन फारम भर्न नसकेको भए तत्काल फारम भर्न आग्रह गरेका छन् ।

एक आर्थिक वर्षमा न्यूनतम सय दिन रोजगारमा संलग्न नभएका परिवार, परिवारका सदस्य कोही पनि रोजगारी नभएका, परिवारका कुनै पनि सदस्य वैदेशिक रोजगारीमा नगएकाले यसका लागि आवेदन फारम भर्न पाउने कानूनी व्यवस्था छ । आवेदनका आधारमा आगामी आर्थिक वर्षदेखि लाभग्राही परिचयपत्र प्रदान गरिने छ ।

महानगरका ३२ वडामा वडा नं २८, २९, ३०, ३१ र ३२ वडाबाट भने एउटा पनि आवेदन नपरेको महानगरले जनाएको छ ।

गत फागुन १ गते उक्त कार्यक्रमको प्रधानमन्त्रीले उद्घाटन गरेका थिए ।

सूचीमा परेकाले १०० दिनको काम पाउने, काम नपाउनेले निर्वाह भत्ता पाउने व्यवस्था रहेको छ । यसका लागि बेरोजगार नागरिक सम्बन्धित वडाको वडा कार्यालयमा गएर फारम भर्नुपर्ने छ ।

रोजगार कार्यक्रममा सूचीकृत भएपछि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसँग काममा जोडिने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस