बीसौँ राष्ट्रिय पुरुष खुला कराँते वैशाख २७ देखि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बीसौँ राष्ट्रिय पुरुष खुला कराँते वैशाख २७ देखि


२५ बैशाख २०७६, बुधबार


काठमाडौं । बीसौँ राष्ट्रिय पुरुष खुला तथा १३ औँ राष्ट्रिय महिला तौल समूह फुलकन्टयाक्ट कराँते प्रतियोगिता यही वैशाख २७ र २८ गते हुने भएको छ ।

नेपाल क्योकुसिन कराँते डो सङ्घको आयोजनामा हुने दुई दिने प्रतियोगिता त्रिपुरेश्वरस्थित मिनी कभर्ड हलमा सञ्चालन गर्ने प्रतियोगिता आयोजक समितिका संयोजक पुष्प मानन्धरले जानकारी दिए ।

प्रतियोगितामा सातवटै प्रदेशबाट गरी पुरुषतर्फ ८५ र महिलातर्फ ३८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ प्रथम हुनेले ३० हजार, दोस्रो हुनेले १५ हजार, तेस्रोले सात हजार ५०० र चौथो हुनेले तीन हजार ५०० प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको स्पर्धामा पहिलो हुनेले १० हजार, दोस्रोले पाँच हजार, तेस्रोले दुई हजार ५०० र चौथो हुनेले एक हजार प्राप्त गर्ने मानन्धरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस