प्रदेश सरकार र चीनबीच पर्यटकीय समझदारी हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश सरकार र चीनबीच पर्यटकीय समझदारी हुने


२४ बैशाख २०७६, मंगलबार


प्रदेश ५ सरकारले पर्यटकीय सहयोगका लागि चीनको ग्यान्सु प्रान्तसँग समझदारी गर्ने भएको छ । मन्त्रिपरिषदको आज बुटवलमा बसेको बैठकले सांस्कृतिक तथा पर्यटकीय सहयोगका लागि चीनको ग्यान्सु प्रान्तसँग समझदारी गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

सांस्कृतिक तथा पर्यटकीय सहयोगका लागि चीनको ग्यान्सु प्रान्तका गभर्नरले सम्झौताका लागि पत्राचार गरेका थिए ।

दुइ प्रदेशबीचको सम्झौताले मित्रता घनिष्ट हुने सरकारको विश्वास छ । चीनले विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा प्राप्त गरेका उपलब्धि सहयोगका माध्यमबाट प्रदेशको विकासका लागि फलदायी हुने भएकाले समझदारी गर्ने निर्णय भएको प्रवक्ता चौधरीले बताए ।

उनले प्रदेश सरकारले आर्थिक वृद्धिदर सात दशमलव ३७ प्रतिशत हासिल गर्न सफल भएको जानकारीसमेत गराए । प्रदेशमा लगानीमैत्री वातावरण बन्दै गएकाले आर्थिक वृद्धिदर बढेको उनले बताए । उद्योग र सेवा क्षेत्रमा लगानी थपिएको बताउँदै उनले प्रदेशको आर्थिक विकासमा राम्रो सङ्केत देखिएको उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस