२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१७ हजार सवारी साधन कारवाहीमा

अ+ अ-

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटद्वारा दुईपाङ्ग्रे सवारी चालकका लागि आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविर आज यहाँ सम्पन्न भएको छ ।

कार्यालयको आयोजना तथा त्रिशूली अस्पतालको सहयोगमा ७५ जना दुईपाङ्ग्रे सवारी चालकले स्वास्थ्य परीक्षण गराएका थिए ।

परीक्षणमा १२ चालकलाई रक्तचाप र सात चालकलाई कलर भिजन (आँखाको समस्या) तथा अन्य चालक सामान्य रहेको प्रहरी नायब निरीक्षक विकल भट्टराईले बताए ।

‘सडक दुर्घटना रोक्न हामीले आफ्नातर्फबाट धेरै नै लागिपरिरहेका छौँ । ठाउँठाउँमा बिग्रेका बाटाको मर्मत सुधारका लागि सडक सम्बन्धित निकायसँग समन्वय गरी दुर्घटना रोक्न विभिन्न बिषयमा छलफल गरिरहेका छौँ ‘ उनले भने ।

उनी भन्छन् ‘हामीहरुले सडकमा बिभिन्न ट्राफिक सङकेत चिन्ह राखेका छौ । चारपाङग्रे देखि दुईपाङग्रे सवारी साधन धनी र चालकहरुलाई बेला, बेलामा शिविर, अन्य बिभिन्न प्रशिक्षण कार्याक्रम गरी रहेका छौ’ ।

भट्टराईका अनुसार चालु आव चैतसम्मको सडक दुर्घटनाको तथ्याङ्क हेर्दा ट्रक नौ, ट्रिपर, बस, माइक्रोबस र ट्रयाक्टर एक एक, कार र जीप दुई तथा मोटरसाईकल सात गरी २२ सवारी साधन दुर्घटनामा परेको छ । त्यस्तै चैतसम्म सवारी दुर्घटनामा परी मृत्यु हुनेमा पुरुष ३२, महिला पाँच तथा बालबालिका दुई छन् । त्यसैगरी २६ जना गम्भीर र १२ जना सामान्य घाइते भएका छन् ।

गत वर्ष सडक दुर्घटना २२, मृत्यु हुने २४, गम्भीर घाइते हुने १४ र सामान्य घाइते हुने ५२ रहेको ट्राफिक कार्यालयले जनाएको छ । दुर्घटनामा संलग्न सवारी साधनमा ट्रक १२, बस तीन, कार– जिप तीन, मोटरसाइकल सात र अन्य दुई रहेको बताइएको छ ।

सवारी साधनको रुट पर्मिट नभएका, ब्लुबुक फेल भएका, सवारी अनुमतिपत्र फेल भएका र नभएका गरी करीब सत्र हजार सवारी साधन कारवाहीमा रहेका छन् । तिनमाथि कारवाही हुँदा रु १ करोड १६ लाख १७ हजार राजस्व उठेको प्रहरी नायब निरीक्षक भट्टराईले बताए। भट्टराईका अनुसार गत आव २०७४/७५ मा कारवाही परेका १९ हजार ९१३ सवारी साधनबाट रु एक करोड २५ लाख ५४ हजार राजस्व उठेको थियो ।रासस

प्रतिक्रिया दिनुहोस