काठमाडौं प्रहरी प्रमुखमा सुवेदी, अपराध महाशाखामा थापा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

काठमाडौं प्रहरी प्रमुखमा सुवेदी, अपराध महाशाखामा थापा


२३ बैशाख २०७६, सोमबार


काठमाडौं । गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंमा एसएसपी उत्तम सुवेदीलाई पठाएको छ भने अपराध महाशाखा प्रमुखको जिम्मेवारी सएसपी सहकुल थापालाई दिइएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ताका रुपमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत सुवेदी परिसर पुगेपछि परिसरका वसन्त लामा लागू औषध नियन्त्रण व्यूरोमा सरुवा भएका छन्।

त्यसैगरि अपराध महाशाखा प्रमुखको जिम्मेवारी  दिइएका थापा प्रदेश नम्बर १ तालिम केन्द्रमा कार्यरत रहेका थिए ।

सिंहले महाशाखाको नेतृत्व सम्हालेको एक वर्ष भएको छ भने लामाको आठ महिनामा नै सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस