स्थापना दिवसको अवसरमा स्वागत समारोह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्थापना दिवसको अवसरमा स्वागत समारोह


२२ बैशाख २०७६, आइतबार


काठमाडौं । राष्ट्रिय सूचना आयोगले ‘सूचना हाम्रो अधिकार : सुशासन र विकासको आधार’ भन्ने मूल नाराका साथ आफ्नो ११औँ स्थापना दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाएको छ ।

सोही उपलक्ष्यमा आयोगको भवन परिसरमा आयोजना गरिएको जलपान तथा स्वागत समारोहमा मन्त्रिगण, संवैधानिक निकायमा प्रमुख, नेपाल सरकारका पदस्थ अधिकृत, सुरक्षा निकायमा प्रवक्ता, अधिकारकर्मी, सञ्चारकर्मीको सहभागिता रह्यो । यसअघि आजै बिहान आयोगले प्रभात फेरी कार्यक्रमको आयोजना गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आजै आयोगले आफ्नो प्रतिवेदन बुझाउँदैछ । नेपालको संविधानको धारा २७ मा सूचनाको हकसम्बन्धी व्यवस्था छ । सूचनाको हक नागरिकको मौलिक अधिकारको रुपमा रहेको छ ।

सूचनाको हक भनेको सार्वजनिक निकायमा रहेको आफ्नो वा सार्वजनिक महत्वको सूचना माग्ने र पाउने नागरिकको अधिकार हो । असल शासनका लागि सूचनाको हकको उचित परिचालन हुनुपर्दछ भन्ने मान्यता राखिन्छ । आयोगले सूचना लिने र दिने संस्कृतिको विकासमा जोड दिँदै आएको छ ।

प्रत्येक सार्वजनिक निकायले आफ्नो सूचना तीन/तीन महिनामा स्वतः प्रकाशन गर्नुपर्ने कानूनी व्यवस्था गरिएको छ । विसं २०६४ वैशाख २२ गते स्थापना भएको आयोगका वर्तमान प्रमुख आयुक्तमा कृष्णहरि बाँस्कोटा तथा आयुक्तद्वयमा किरणकुमार पोखरेल र यशोदादेवी तिम्सिना छिन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस