शेयर बजार दोहोरो अङ्कले घट्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शेयर बजार दोहोरो अङ्कले घट्यो


२२ बैशाख २०७६, आइतबार


काठमाडौं । पछिल्ला दिनमा शेयर बजार लगातार ओरालो लागेको छ । साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १६.७१ बिन्दुले घटेर एक हजार २७७.६८ बिन्दुमा झरेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६८ बिन्दुले घटेर २७३.९६ बिन्दुमा ओर्लिएको छ ।

नेप्से परिसूचक मात्रै होइन, कारोवार रकम समेत घटेको छ । कूल १७५ कम्पनीको २३ लाख १२ हजार ५३० कित्ता शेयर रु ६५ करोड तीन लाख ७८ हजार ४५४ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल १० उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर बढेको छ भने आठ उपसमूहको शेयर घटेको छ । उत्पादन २०.८० र अन्य उपसमूह १.१२ बिन्दुले घटेको छ ।

स्टकका अनुसार बैंकिङ १६.०२, होटल १९.६१, विकास बैंक १७.४४, जलविद्युत् ५३.८८, वित्त २.४०, निर्जीवन बीमा २४.७३ , लघुवित्त २५.८७ र जीवन बीमा १२७.०२ बिन्दुले घटेको छ ।

कारोवारका आधारमा आज पनि नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । प्रतिकित्ता रु ३१० मा रु ६ करोड २८ लाख ८४ हजार ५७६ बराबरको कारोवार भयो । यस्तै प्रतिकित्ता रु २८२ मूल्यमा प्रभु बैंकको रु ४ करोड ६४ लाख ३० हजार ८, प्रतिकित्ता रु ३५८ मा शिवम् सिमेन्टको रु ४ करोड ६३ लाख ४९ हजार ७२३ बराबरको कारोवार भयो ।

यस्तै चिलिमे जलविद्युत् कम्पनीको प्रतिकित्ता रु ५३३ मा रु २ करोड २८ लाख ७८ हजार ७१३, एनएमबी बैंकको प्रतिकित्ता रु ३७६ मा रु २ करोड १२ लाख १७ हजार ४१८, कृषि विकास बैंकको प्रतिकित्ता रु ३७९ मा रु २ करोड ११ लाख २ हजार ४३३ मा कारोवार भयो ।

स्टकका अनुसार मल्टीपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले दश प्रतिशतका दरले कमाए । यस्तै युनाइटेड फाइनान्स ४.७१, शिवम् सिमेन्ट ४.०७, नेरुडे लघुवित्त विकास बैंक ३.७८, एनएलजी इन्स्योरेन्स कम्पनी ३.५२, सिटिजन म्यूुचल फण्डका लगानीकर्ताले ३.४२ प्रतिशतले कमाए ।

यस्तै चिलिमे जलविद्युत् कम्पनीका लगानीकर्ताले ७.६२, एनआइबिएल समृद्धि फण्ड ७.२६, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ७.०१, एभरेष्ट इन्स्योरेन्स कम्पनी ६.१७, यूनिभर्सल पावर कम्पनी ५.८८ र ङादी समूहका शेयरधनीले ५ प्रतिशतले गुमाए ।

Tags :
प्रतिक्रिया दिनुहोस