२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला वडाध्यक्षहरु सुशासनमा अब्बल

अ+ अ-

झापा । झापाका महिला वडाध्यक्षहरुले सुशासन र विकास निर्माणका प्रशंसनीय कार्य गरेका छन् । कार्यसम्पादनको क्रममा महिला भएकै कारण पुरुषबाट विभेद व्यहोर्नुपरेको उनीहरुको गुनासो पनि छ ।

पन्ध्र स्थानीय तह भएको झापामा १३१ वडा एकाइमध्ये वडाध्यक्ष पदमा तीन मात्र महिला छन् । भद्रपुरको वडा नं ३ मा कमला थुलुङ, विर्तामोडको वडा नं ९ मा पवित्रा पाठक र हल्दिबारीको वडा नं ३ मा रोशनी शिवाकोटी वडाध्यक्ष छन् ।

“आर्थिक अनियमितता गर्दैनौँ र खानपानमा हामी लोभिदैनौँ”, तीन पुरुष प्रतिस्पर्धीलाई चुनावमा जितेर आएकी विर्तामोड–९ की वडाध्यक्ष पाठक भन्छन्, “महिलालाई वडाध्यक्ष बनाउनु हुँदैन, यिनीहरुले काम गर्न सक्दैनन्, जान्दैनन् भनेर हिजो हेप्नेहरु आज हाम्रो कामको प्रगति देखेर चुपचाप छन् ।”

महिला अध्यक्ष भएको वडा तहमा सुशासन र विकास निर्माणले गति लिएको उहाँहरुको दाबी छ । वडाध्यक्ष पाठकले आफ्नो वडामा कुनै पनि उपभोक्ता समिति गठन गर्नुपर्दा महिलालाई अनिवार्य कोषाध्यक्ष पद दिनुपर्ने र बैंकिङ कारोवारमा कोषाध्यक्षको हस्ताक्षर अनिवार्य हुनुपर्ने नियम लागू गरेको बताए । ३३ प्रतिशत महिला नभएको उपभोक्ता समिति मान्य नहुने समेत उनको वडामा नियम छ ।

हल्दिवारी–३ की अध्यक्ष रोशनी शिवाकोटी जनताको काममा व्यस्त छन्। उनी वडाध्यक्ष पदमा निर्वाचित हुनुअगावै गाउँमा जुवातास निषेध गराउन महिलाको जुलुस निकालेर तासका अखडामा हमला गर्ने साहसी महिलाको रुपमा चिनिएका थिए । सो वडामा ७० वर्ष माथिका ज्येष्ठ नागरिकले भने मनोरञ्जनको रुपमा तास खेल्न पाउँछन् ।

उनको वडा कार्यालयमा आउने सेवाग्राहीप्रति कर्मचारीले रुखो व्यवहार कहिल्यै गर्दैनन् । वडामा सडक, शिक्षा, महिला सशक्तीकरणमा बजेटको ठूलो अंश छुट्याएर जनताको सेवक भएर कार्य गरिरहेको बताउने उनलाई प्रक्रिया नपु¥याई नागरिकताको सिफारिश लिन आउने पुरुषले हालै भौतिक आक्रमणको प्रयाससमेत गरेका थिए ।

“म बिराउँदिन, कसैसँग डराउँदिन”, वडाध्यक्ष शिवाकोटी भन्छन्, “गाउँमा आएको बजेट एक पैसा यताउता नगरी विकास निर्माणमा खर्च गरिनुपर्छ भनेर लागिपर्दा मविरुद्ध अख्तियारमा दुईपटक मुद्दा दर्ता गरिएपनि म जनताको निस्वार्थ सेवाबाट विचलित भएकी छैन ।”

उनले ‘हल्दिबारीका महिला, विकासमा पहिला’ भन्ने नाराका साथ जनप्रतिनिधिको भूमिका निर्वाह गरिरहेको बताए । गाउँमा हिंसापीडित महिलाको सङ्ख्या धेरै रहेको र पीडितलाई न्याय दिलाउनका निम्ति आफू घरघरै पुग्ने गरेको शिवाकोटी बताउँछन् ।

झापाका अधिकांश गाउँपालिका र नगरपालिकाले वडा तहका लागि सरदर रु एक करोड बजेट विनियोजन गरेका छन् । वडामा आएको बजेटको सही सदुपयोग गर्ने लक्ष्यमा अघि बढिरहनुभएको महिला वडाध्यक्ष घुस, कमिसन र मदिरा राखिएका भोजभतेरमा संलग्न नहुने र हुन नदिने बताउँछन् ।

भद्रपुर–३ की वडाध्यक्ष कमला थुलुङ कार्यपालिकाको बैठकमा आफ्ना कुरा राख्दा पुरुष जनप्रतिनिधिले ‘कति गनगनाएको’ भनेर हेप्ने प्रयास गरेको गुनासो सुनाउँछन् । पुरुष वडाध्यक्ष भएको वडामा भन्दा आफ्नो वडामा विकास निर्माणको लहर सिर्जना भएको उनी दाबी गर्छन् । रासस