नीति तथा कार्यक्रममाथि विपक्षीको संशोधन दर्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नीति तथा कार्यक्रममाथि विपक्षीको संशोधन दर्ता


२२ बैशाख २०७६, आइतबार


काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिपक्षी दलहरुले संशोधन दर्ता गराएका छन् । प्रतिपक्षी कांग्रेस, राजपा र नेमकिपाले संशोधन दर्ता गराएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नीति तथा कार्यक्रममा उल्लिखित ‘मेरो सरकार’ हटाएर नेपाल सरकार बनाउन संशोधन दर्ता गराएको छ । संशोधनमा भनिएको छ, ‘संविधान विपरित नीति तथा कार्यक्रममा विभिन्न बुँदामा ‘मेरो सरकार’ भनी लेखिएको ठाउँमा ‘नेपाल सरकार’ भनी संशोधन गर्न यो सूचना पेस गरेका छौं ।’

यस्तै, नेमकिपा प्रेम सुवालले १३ बुँदे संशाधन दर्ता गराएका छन् । राजपाले संविधान सर्वस्वीकार्य र सबैको स्वामित्व बनाउन सांधन गर्नुपर्ने माग गरेको छ ।

शनिबार तीनै दलले संशोधन दर्ता गराएका थिए । शनिबार बिहान ११ देखि ३ बजे सम्म संशोधन दर्ताको समय दिइएको थियो ।

संसद् सचिवालयले २२ देखि २४ सम्म नीति तथा काईक्रममाथि संसदमा छलफलको समय तोकेको छ ।

२४ गते प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिएपछि नीति तथाकार्यक्रमलाई पारित गर्ने प्रक्रियामा लगिने सभामुख कृष्णबहादुर महराले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस