२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्तानले नहेरेका आमाको औँशी

अ+ अ-

आज मातातीर्थ औँशी । बिहानैदेखि जन्मदिने र कर्म दिने आमा भेट्नका लागि सडकमा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । यही भीडलाई छिचोल्दै पवित्र तीर्थस्थल देवघाट पुग्दा त्यहाँ आश्रित आमाहरु भने सडकतिर हेरेर टोलाइरहेका देखिन्थे ।

देवघाट समाज कल्याण आश्रममा पुग्दा त्यहाँ आश्रित आमाहरु बाटोतिर हेरेर आफ्ना सन्तानको खोजी गरिरहेको महसुस हुन्थ्यो । ती आमाहरुका लागि खान र बस्न कुनै समस्या भने छैन । आफ्ना सन्तान भएर पनि नभएर पनि आश्रित हुन पुगेका आमा यस्ता चाडपर्वमा निकै नरमाइलो मान्ने गर्दछन् ।

आश्रम हेर्दै आएका देवघाट क्षेत्र विकास समितिका कर्मचारी ढकराज कोइराला चाडपर्वका बेला बाआमा दुवैले सन्तानको सम्झनामा निकै नरमाइलो महसुस गर्ने गरेको बताउँछन् । पर्वका बेला दाताले फलफूल र मीठा मीठा खाना बोकेर आउने भए पनि वृद्धवृद्धाले आफन्तको सम्झनामा मुख निन्याउरो गरेको पाइन्छ ।

त्यहाँ रहेका कतिपयको सन्तान भएर पनि बेवास्ता गर्दा आश्रमसम्म आइपुगेका छन् भने कतिपयका आफ्ना सन्तान छैनन् । सन्तान भएका वृद्धा घरबाट आमाको मुख हेर्न आउँछन्की भन्ने ठूलो आशामा रहेका हुन्छन् तर कोही नआएपछि उनीहरु निराश हुने गरेको कोइराला बताउँछन् ।

त्यहाँ आश्रित भरतपुर महानगरपालिका–११ घर भएकी ८३ वर्षीया शिवकुमारी शर्माले आफ्नो वेदना गीतको भाकामा सुनाउनुभयो ।

‘सेरोफेरो केही छैन मेरो
जता हेर्‍यो उतै छ अधेरो’

शर्मा तनहुँको देवघाटमा रहेको देवघाट समाज कल्याण वृद्धाश्रममा विगत पाँच वर्षदेखि बसोवास गर्दै आएका छन् । आज मातातीर्थ औँशी (आमाको मुख हेर्ने दिन) शहर बजारमा सबैका घरघरमा छोराछोरीले आमालाई मीठो मसिनो खुवाएर खुशीका साथ राखी रहेका छन् तर देवघाटमा रहेका आफूजस्ता वृद्धालाई के चाडपर्व के मीठो मसिनो उनले प्रश्न गरे। “ यहाँ हामीलाई सधैँ एकैनास हुने गरेको छ ”, उनले आफ्नो पीडा सुनाए ।

छोरा बुहारीसहित भरतपुर महानगरपालिका–११ मा बस्दै आउनुभएकी शर्माको एउटा छोरा काठमाडौंमा बस्छन् । जेठो छोरासँग भरतपुरमा बस्दै आउनुभएकी शर्मा आज त छोरो आउँछ कि भन्ने आशमा बाटोतिर हेर्दै थिए ।

लमजुङ घर भएकी कृष्णमाया अधिकारीका आँखा छोरी लिन आउँछे कि भन्दै सडकतिर दौडिरहेका थिए । भरतपुर महानगरपालिका–७ मा उनकी छोरी बसोबास गर्दारहेछन् । श्रीमान्ले अर्की श्रीमती ल्याएसँगै उनी एक्लो भए । छोरीको बिहे गरेपछि काम गर्न नसकेर यहाँ आएको बताउने अधिकारी ११ वर्षदेखि यही आश्रममा बस्दै आउनुभएको छ । छोरीमात्रै भएकाले आउँछे कि भन्ने आशमा उनी बाटोतिर हेर्दै थिए । चाडपर्वको समयमा भेट्न आए पनि आफ्नो अत्यार मेटिने उनले बताए ।

सिन्धुलीकी लक्ष्मीमायाँ श्रेष्ठलाई भने छोराले यहाँ छ भन्ने थाहा नपाए हुन्थ्यो भन्ने भइरहेको रहेछ । घरमा सम्मानसाथ बस्ने वातावरण नभएपछि आश्रय खोज्दै यहाँ आई पुगेकी श्रेष्ठले मलिन अनुहार बनाउँदै यहाँ छु भन्ने थाहा पाए भने यहाँ पनि बस्न दिँदैनन् कि भन्दै थिइन् । ८५ वर्षीया श्रेष्ठ अहिले आनन्द भए पनि चाडपर्वमा छोराछोरी र घरपरिवारको याद आइरहने बताउँछिन् ।

पर्वत कार्किनेटाकी जानकी पौडेल आफ्नो सन्तान नभएकाले दुःख पाएको बताउँदै आफ्नो भाग्यमा नभएपछि चाडपर्व खल्लो हुने बताइन् । आफ्नो कोख बाँझै रह्यो उनले भनिन्, “मातातीर्थ औँशी मेरा लागि कहिल्यै आउँदैन ।” “सन्तान हुनेले त आश्रममा बस्नुपरेको छ हाम्रो त झन कोही छैन”, उनले गुनासो गरिन् । सबैका घरमा रमाइलोका साथ बसेका बाबुआमा देख्दा आफूलाई धिक्करा लाग्ने भन्दै उनले चाडपर्व आउनुभन्दा नआएकै वेसजस्तो हुने बताइन् ।

एक सय तीन वर्षीया उमादेवी खनाल काठमाडौंमा काम गर्न नसके पछि यही आश्रममा आश्रित हुनुहुन्छ । सात वर्षको उमेरमा विवाह भएको पहिलो वर्षमानै श्रीमान् बितेसँगै उनको जीवन बेवारिसे बन्यो । विगत नकोट्याउन आग्रह गर्दै उनले यस्ता पर्वमा मन खुशी नहुने बताइन् ।

अहिले देवघाट क्षेत्र विकास समितिको कार्य क्षेत्रभित्र तीन वटा आश्रम रहेका छन् । जहाँ १२० भन्दा बढी वृद्धवृद्धा बस्दै आएका छन् । तीमध्ये ६० प्रतिशत वृद्धा रहेको क्षेत्र विकास समितिले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस