३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यविधि बनाउँदै राष्ट्र बैंक

अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले जग्गा, जमीन तथा सम्पत्तिको मूल्याङ्कनका विषयमा कार्यविधि बनाउने भएको छ ।

नेपाल भ्यालुयर्स एशोसिएशनको चौथो अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले अन्तर्राष्ट्रिय रुपमै महत्वपूर्ण र व्यावसायिक रहेको उक्त पेशालाई विश्वसनीय र वास्तविक बनाउन कार्यविधि ल्याउन लागिएको जानकारी दिए । चार वर्षअघि यस्तै विविध समस्याका कारण १६ बैंक समस्याग्रस्त भएकामा अहिले विस्तारै १४ बैंकले सेवा दिन थाले पनि दुई बैंक अझै अगाडि आउन नसकेको बताए ।

उनले कार्यविधि बनाएपछि जोखिम कम हुने विश्वास व्यक्त गरे। कुनै पनि वस्तुको मूल्याङ्कन नभएमा मूल्य नै नहुने उल्लेख गर्दै उनले सानो कुराले समेत समग्रतामा असर गर्ने हुँदा सही रुपमा मूल्य निर्धारण गर्नसमेत मूल्याङ्कन कर्तालाई आग्रह गरे । कुनै पनि बैंक तथा वित्तीय संस्थामा ऋण लिनका लागि जग्गा जमीन र सम्पत्तिको मूल्याङ्कनमा उनीहरुको आवश्यकता पर्छ । त्यही मूल्याङ्कनको आधारमा नै ऋण प्रदान हुन्छ । सही काम हुन सकेन भने संस्था बदनाम हुने र बैंकसमेत जोखिममा पर्ने भएकाले सचेत हुन गभर्नर नेपालले आग्रह गरे ।

विदेशी संघसंस्थाले कुनै देशलाई ऋण दिन वा लगानी गर्नका लागिसमेत गार्हस्थ उत्पादन, आय, सम्पत्ति, राजनीति, नीति नियम कस्तो छ भन्ने जस्ता आधार लिने गरेकाले मापदण्डअनुसार चल्नुपर्नेमा उनले जोड दिए ।

गभर्नर नेपालले राष्ट्र बैंकले निर्माण गर्न लागेको कार्यविधिका विषयमा आवश्यक छलफलमा आउन नेपाल भ्यालुयर्स एशोसिएशन र इञ्जिनीयर्स एशोसिएशनका पदाधिकारीलाई आग्रह गरे । एशोसिएशनका सचिव मुक्ति पाण्डेले २०६८ सालमा स्थापना भएको संस्थामा सदस्य थपिने क्रममा रहेको र प्रगतिउन्मुख हुँदै गएको जानकारी दिए ।

उनले आवश्यक नीति, नियम र समन्वयमा राष्ट्र बैंकबाट स्पष्ट निर्देशन नभएकाले समस्या उत्पन्न भएको बताए । प्राविधिक जनशक्तिबाट मूल्याङ्कन हुने भएकाले कानूनी कागजातको प्रमाणिकरण, भूमाफियाको चलखेल, नक्कली तथा किर्ते कागजका विषय चुनौतीका रुपमा रहेको उनको भनाइ थियो ।रासस

प्रतिक्रिया दिनुहोस