ब्याटमिन्टनको उपाधि श्रेष्ठ र ढुङ्गानालाई « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

ब्याटमिन्टनको उपाधि श्रेष्ठ र ढुङ्गानालाई


प्रशासन संवाददाता

२० बैशाख २०७६, शुक्रबार


गोकर्णेश्वर नगरपालिका–४ ले आयोजना गरेको ‘वडा अध्यक्ष ब्याटमिन्टन कप’ प्रतियोगिताको उपाधि बालकृष्ण श्रेष्ठ र उमेश ढुङ्गानाले प्राप्त गरेका छन् ।

गोकर्णेश्वर युवा जागरण क्लबले आज यहाँ आयोजना गरेको सो प्रतियोगिताको फाइनल खेलमा श्रेष्ठ र ढुङ्गानाको जोडीले राम श्रेष्ठ र राजु कर्माचार्यको जोडीलाई २१–१२ र २१–१७ अङ्कले हराउँदै उपाधि हात पारेका हुन् ।

विजयी खेलाडीले रु दश हजार नगद, सम्मानपत्र र मेडल तथा द्धितीय टिमले रु सात हजार नगद सम्मानपत्र र मेडल प्राप्त गरेका छन् । कान्ति भैरवनाथ जात्राको अवसरमा यही वैशाख १५ देखि शुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।

प्रमाणपत्र वितरण गर्दै नगर प्रमुख सन्तोष चालिसेले नगरपालिकाले खेलकूदको विकासका लागि विभिन्न खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको बताए ।

वडा नं ४ का अध्यक्ष विकेश श्रेष्ठले गोकर्णेश्वर भित्रका युवालाई खेलप्रति आकर्षण गर्न प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्दै आगामी दिनमा यस्ता खेललाई निरन्तरता दिइने उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस