‘कर्णालीको विकासका लागि गुरुयोजना बनाइने’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘कर्णालीको विकासका लागि गुरुयोजना बनाइने’


प्रशासन संवाददाता

२० बैशाख २०७६, शुक्रबार


काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासका लागि गुरुयोजना तयार पारिने बताएका छन् ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले आगामी छ महीनामा कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना तयार पारिने बताए।

उनले सडक, बिजुलीलगायतका क्षेत्रमा ध्यान दिएको र एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाउन लागिएको जानकारी दिए ।

मुख्यमन्त्री शाहीले संघले प्रदेश र स्थानीय तहका सरकारलाई समन्वय गरेर काम गर्न नसकेको धारणा राखे । ‘संघ, प्रदेश र स्थानीय तह सरकारबीच समन्वय हुन नसकेर काममा विवाद भएको छ’, उनले भने, ‘ संघले प्रदेश र स्थानीय तहलाई समन्वय गर्न अगाडि बढ्नुपर्ने छ ।’

मुख्यमन्त्री शाहीले संघीय सरकारले कर्णाली प्रदेशलाई कस्तोरुपमा सम्बोधन गर्दछ भन्ने कुरा आज घोषणा गरिने नीति तथा कार्यक्रमबाट थाहा हुने जानकारी गराए ।

उनले कर्णाली प्रदेश न्यायको खोजीमा रहेको भन्दै मानव विकासको सूचाङ्कलाई आधार बनाएर बजेट विनियोजन गर्नुपर्ने बताए । पहिलो वर्ष कानून निर्माण गर्नुपर्ने भएकाले बजेट कार्यान्वयनको सवालमा भने आफूहरुले लक्ष्य नभेटेको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस