लिबियामा जारी हिंसामा ३९२ को मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लिबियामा जारी हिंसामा ३९२ को मृत्यु


प्रशासन संवाददाता

२० बैशाख २०७६, शुक्रबार


त्रिपोली । संयुक्त राष्ट्रसंघको समर्थन रहेको लिबिया सरकार र पूर्वी क्षेत्रमा सक्रिय जनरल हफ्तारका विद्रोही सेनाबीच केही समयदेखि जारी भीषण संघर्षका कारण लिबियामा कम्तीमा तीनसय ९२ जनाको मृत्यु भएको छ ।

साथै एक हजार ९३६ जना घाइते भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बिहीबार जानकारी दिएको छ ।

डब्लूएचओका अनुसार करिब ५० हजार सर्बसाधारण विस्थापित भएका छन् । लिबियामा सन् २०११ मा मुअम्मर गद्दाफीको शासन पतन भएसँगै विभिन्न समूहबीच जारी सशस्त्र संघर्षका कारण सङ्क्रमणकालीन स्थिति जारी छ । रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस