२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेपलाञ्चोकमा कृषि उपजलाई प्राङ्गारिक बनाइने

अ+ अ-

काभ्रेपलाञ्चोक । जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधिले कृषि उत्पादनलाई प्राङ्गारिकतर्फ लैजाने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय आलु तथा मसलाबाली विकास केन्द्र, युवा कृषि मञ्च र समृद्ध काभ्रेपलाञ्चोक कृषि सहकारीद्वारा संयुक्तरूपमा बिहीबार धुलिखेलमा आयोजित प्राङ्गारिक कृषि उत्पादन र बजारीकरण विषयक गोष्ठीमा पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले भने, ‘कृषि उपजमा विषादीलाई न्यूनीकरण गर्दै प्राङ्गारिक उत्पादनतर्फ लाग्नेछौँ ।’ उनले नगरका कृषकसमक्ष चेतनामूलक कार्यक्रम अघि बढाइने बताए ।

बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले क्रमैसँग क्षेत्र तोकेर कृषि उपजलाई प्राङ्गारिकतर्फ लैजाने बताए । उनले भने, ‘कृषि उपजलाई प्राङ्गारिकतर्फ लैजान तीनै तहका सरकारबीच सहकार्य हुनुपर्छ, यसका लागि हामी तयार छौँ ।’

तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह तामाङले कृषिलाई प्राङ्गारिकतर्फ लैजाने विधि प्रक्रियाबारे पहिला कृषकलाई जानकारी गराउने कार्यक्रम ल्याउन अनुरोध गरे । ‘हामी प्राङ्गारिक कृषि उपज उत्पादन गर्न तयार छौँ, कृषकको लागतसहित नाफा हुने बजार व्यवस्थापनको जिम्मा लिनुपर्छ, यसप्रति हामी तयार छौँ’, उनले भने ।

धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्माले धुलिखेलमा कृषि उपज उत्पादनमा प्राङ्गारिकको अभ्यास भएको बताउँदै प्राङ्गारिक उत्पादनका लागि कम लागतमा उत्पादन गर्नसक्ने प्रविधि ल्याउन आग्रह गरे।

उनले भने, ‘प्राङ्गारिक उत्पादनमा जानुपूर्व स्थानीय तहमा हुनसक्ने सम्भावनाको अध्ययन गरी नीति बनाउनुपर्छ, यसपछि नगरपालिका प्राङ्गारिकतर्फ जान तयार हुन्छ ।’ सो अवसरमा काभ्रेपलाञ्चोकस्थित स्थानीय तहका कृषि शाखाका प्रतिनिधिले प्राङ्गारिक नीति आएपछि त्यसतर्फ जाने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य गङ्गाबहादुर तामाङले कृषिमा प्राङ्गारिकतर्फ जाँदा नाफामूलक उत्पादनलाई प्राथमिकता दिन आग्रह गरे । उनले भने, ‘प्राङ्गारिकको नारा मात्रै घोकेर हुँदैन, कृषकको लागत डुब्नु भएन, स्वस्थ उपज उत्पादन हुनुपर्छ ।’

प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईंले जिल्लाको भौगोलिकताको विश्लेषण गरी प्राङ्गारिकतर्फ लाग्नुपर्ने सुझाव दिँदै तीनै तहको सरकारको सहयोगमा शीतभण्डार स्थापना गरी बेमौसममा बिक्री गर्ने प्रणालीमा जानुपर्ने बताए ।

केन्द्रप्रमुख डा.हरिबहादुर केसीले हालको प्राङ्गारिक उपजको अवस्था विश्लेषण गर्दै प्राङ्गारिकतर्फ जान स्थानीय तहसँग सहकार्य गर्न तयार रहेको बताए । मञ्चका अध्यक्ष जयराम सिग्देलले जिल्लामा उत्पादित स्वस्थ कृषि उपजलाई बजारीकरण गर्न समन्वय गरिने बताए ।

प्रतिक्रिया दिनुहोस