२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल प्रहरीलाई National ICT Award 2019 (Public Sector) प्रदान

अ+ अ-

काठमाडौं । सार्वजनिक सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी प्रयोगमा नेपाल प्रहरीको उच्च मूल्याङ्कन गर्दै राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७६ को अवसरमा National ICT Award 2019 (Public Sector) नेपाल प्रहरीलाई प्रदान गरिएको छ ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७६ को अवसरमा काठमाडौंमा बिहीबार आयोजित मूल समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँसकोटाले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई उक्त अवार्ड प्रदान गरे।

‘डिजिटल नेपाल स् विकास र समृद्धिको आधार’ भन्ने मूल नाराकासाथ मनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उक्त मूल समारोहको आयोजना गरेको हो ।

नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्न तथा अपराध न्यूनीकरणमा सन् २०१८/०१९ मा सूचना प्रविधिको उच्चतम प्रयोग गरी विद्युतीय सुशासन कायम राख्दै उच्चस्तरको सार्वजनिक सेवा प्रदान गर्दै आएको कार्यको मूल्याङ्कन गर्दै उक्त अवार्डद्वारा सम्मान गरिएको हो ।

यसअघि सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सरकारी संस्थालाई Asian-Oceanian Computing Industry Organization (ASOCIO) द्वारा प्रदान गरिने अन्तर्राष्ट्रियस्तरको ASOCIO 2018 Digital Government Award जापानमा २०७४ कात्तिकमा तथा लिभिङ विथ आइसिटीको आयोजनामा ‘नेटगियर आइसिटी अवार्ड २०१८’ अन्तर्गत प्रदान गरिने ‘डिजिटल गभर्नेन्स अवार्ड २०१८,’ २०७५ भदौमा प्राप्त गर्न समेत नेपाल प्रहरीले सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस