२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जङ्गली जनावरको छाला र भालुको पित्तसहित पक्राउ

अ+ अ-

भादगाउँ । भक्तपुर प्रहरीले जङ्गली जनावरको छाला र पित्तसहित पाँच जनालाई सूर्यविनायक चोकबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर भीमफेदी गाउँपालिका–८ घर भई हाल ललितपुर चापागाउँ बस्ने ४० वर्षीय आनन्द तामाङ, ओखलढुङ्गा चिसङ्खु घर भई हाल काठमाडौँ बौद्ध बस्ने २४ वर्षीय मनोज कार्की, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका– १२ का ३१ वर्षीय नरेन्द्र तामाङ, सिन्धुली गोलञ्जोर– ७ का ३५ वर्षीय रत्नबहादुर माझी र ३४ वर्षीय विष्णुबहादुर माझी रहेका छन् ।

भक्तपुरको सूर्यविनायक चोकमा शङ्कास्पद तरिकाले हिँडिरहेका अवस्थामा उनीहरुलाई दुई थान बाघको छाला र करीब ७५ ग्राम भालुको पित्तसहित बुधबार साँझ ७ः३० बजे पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

“जङ्गली जनावरको छाला र पित्त बेचबिखन गर्ने उद्देश्यले हिँडिरहेका उनीहरुको गतिविधि शङ्का लागेपछि जाँच गर्दा साँझ ७ः३० बजे उनीहरुलाई पक्राउ गरिएको हो”, प्रहरी नायब उपरीक्षक पोखरेलले भने ।

पक्राउ परेका पाँचै जनालाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय भक्तपुरमा बुझाइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस