२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय क्रिकेट टोली नगदसहित सम्मानित

अ+ अ-

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको ऐतिहासिक एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज नगदसहित सम्मानित गरिएको छ ।

ऐतिहासिक शृङ्खला विजेता नेपाली टोलीलाई आज युवा तथा खेलकूद मन्त्रालयमा आयोजित कार्यक्रममा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव केवशकुमार विष्टले खेलाडीलाई जनही रु ५ लाख अफिसियललाई जनही रु २ लाख तथा मुख्य प्रक्षिकलाई रु ३ लाखसहित सम्मान गरे ।

नेपालले गत माघमा युएईविरुद्धको तीन एक दिवसीय र टी–२० शृङ्खला जितेको थियो । जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट एकदिवसीय मान्यता पाएपछि नेपालको पहिलो एकदिवसीय र टी–२० शृङ्खलाको उपाधि रहेको थियो ।

पुरष्कृत हुने नेपाली खेलाडीमा कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, अविनास बोहरा, वसन्त रेग्मी, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, सन्दीप जोरा रहेका छन् ।

शृङ्खला जितेपछि सरकारले गत माघ २५ गते क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको थियो । जसअनुसार मन्त्रालयले आज नगद प्रदान गरेको हो ।
सो अवसरमा मन्त्री विश्वकर्माले तत्कालका लागि खेलाडीको हौसला बढाउन उक्त निर्णय गरिएको बताउँदै खेलाडीलाई बढीभन्दा बढी सुविधा उपलब्ध गराउनेतर्फ सरकार गम्भीर रहेको बताए ।

यसैगरी विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई सम्मानस्वरूप सरकारले रु ५ लाख प्रदान गरेको छ ।

गत डिसेम्बरमा थाइल्याण्डको चेनमाईमा भएको १०औँ विश्व शारीरिक सुगठन च्याम्पियनसिपको ७५ केजीमा महेश्वरले स्वर्ण पदक जितेका थिए । विश्व शारीरिक सुगठनमा स्वर्ण जित्ने महेश्वर एक्लो नेपाली खेलाडी हुन् । महेश्वर एशियाली शारीरिक सुगठनका पनि एक्लो स्वर्णधारी नेपाली खेलाडी हुन् ।

त्यसैगरी झन्डै तीन वर्षअघि १२औँ दक्षिण एशियाली खेलकूद (साग) को स्वर्ण पदक जित्ने नेपाली यू २३ फुटबल टोलीका सदस्यलाई थप रु तीन लाख प्रदान गरिएको छ ।

सरकारले यसअघि फुटबल टोलीका सागका अन्य पदक विजेता खेलाडीलाई जनही रु २ लाख उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस