बेलायती रक्षामन्त्री पदबाट बर्खास्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बेलायती रक्षामन्त्री पदबाट बर्खास्त


१९ बैशाख २०७६, बिहिबार


काठमाडौं । गोप्य सूचना चुहाएको आरोपमा बेलायती रक्षामन्त्री गभिन विलियम्स पदबाट बर्खास्त गरिएका छन् । राष्ट्रिय सुरक्षा परिषद् बैठकको गोप्यता भंग गरेको आरोपमा उनलाई पदबाट हटाइएको हो ।

विलियम्सले प्रधानमन्त्रीको विस्वास गुमाएपछि पदबाट हटाइएको बेलायती प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

उनीमाथि राष्ट्रिय सुरक्षापरिषद बैठकमा भएका संवेदनशील विषय चुहाएको आरोप लागेको छ ।

बैठकमा फाइभजीमा जाँदा चीनको मोबाइल तथा टेलिकम उपकरण उत्पादक हुवावेको सामग्री प्रयोग गर्नेबारे छलफल चलेको थियो ।

बैठक प्रधानमन्त्री टेरिजा मेको अध्यक्षतामा बसेको थियो ।

तर, संवेदनशील विषयमा भएको छलफल सञ्चार माध्यममा चुहियो । हुवावेका उपकरणको प्रयोगले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने अमेरिकालगायत देशको चेतावनीका माझ फाइजी नेटवर्क सञ्चालन गर्न पहुँच दिएको खबर द डेली टेलिग्राफमा प्रकाशित भएको थियो । जसमा रक्षा मन्त्री विलियम्सनको संलग्नता भेटिएको प्रधानमन्त्रीको भनाइ छ । र, उनलाई यही अभियोगकै बीच पदबाट गरिएको छ ।

गोप्य सूचना चुहाउनुका साथै कतिपय छानबिनमा असहयोग गरेको आरोप पनि बेलायती प्रधानमन्त्रीले लगाएकी छन् ।

तर विलियम्सनले आफूमाथि लगाइएका सबै अभियोग इन्कार गरेका छन् । विधिपूर्वक आफूलाई हटाउन सकिने भए पनि प्रक्रिया मिचेर हटाइएको आरोप उनको छ ।

रक्षामन्त्री पदबाट बर्खास्त भएसँगै अब उक्त ठाउँमा नयाँ अनुहारले अवसर पाउने भएका छन् । बीबीसीका अनुसार, पेनी मोर्डन्टले अब रक्षा मन्त्रीको भूमिका निर्वाह गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस