२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकवानपुरगढीको संरक्षण गर्नुपर्नेमा उपसभामुख तुम्बाहाम्फेको जोड

अ+ अ-

हेटौँडा ।  प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले देशको तीनै तहको सरकारले समन्वय गरेर मकवानपुरगढीको संरक्षणमा र सम्वर्द्धन गर्नुपर्ने बताएकी छन् ।

बुधबार ऐतिहासिक मकवानपुरगढीको भ्रमणपछि उपसभामुख तुम्बाहाम्फेले सानैदेखि सुन्दै र पढ्दै आएको भए पनि ऐतिहासिक गढीको पहिलोपटक अवलोकन गर्ने अवसर मिलेको बताइन् । उनले भनिन् “मध्यकालीन नेपालको कालीगढी नमूना मकवानपुरगढी देशको सम्पत्ति हो, यो हाम्रो इतिहास हो, इतिहास भनेको सम्पत्ति हो, हामी सबै मिलेर यसको संरक्षण गर्नुपर्छ ।”

गढी अवलोकनमा सँगै आएका प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले मकवानपुरगढी देशका गढीमध्ये महत्वपूर्ण गढी भएको र यस वरिपरिका शाखा गढीको पनि उत्तिकै महत्व रहेको बताउँदै यसको ऐतिहासिक महत्वअनुसार संरक्षण गरेर छिमेकी मुलुक भारत तथा चीनका समेत पर्यटक आकर्षित गर्न सकिने बताए । गढीको संरक्षण र विकासका लागि प्रदेश सरकारले योजना निर्माण गरिरहेको उनको भनाइ थियो ।

त्यस्तै प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले मकवानपुर आएका जो कोहीलाई मकवानपुरगढीले आकर्षित गर्ने बताए । गढीको विकासका लागि प्रदेशले गुरुयोजना बनाएर काम गर्नुपर्ने उनको भनाइ थियो । सङ्घीय सरकारले समेत महत्व दिएको देशका १०० गन्तव्यमध्ये एक मकवानपुर गढीको प्रचारप्रसार गरेर पर्यटक भित्र्याउन सकिने उनको धारणा थियो । वंशगोपाल मन्दिरसमेत रहेको गढीमा ठूलीएकादशी, कृष्णाजन्माष्टमीलगायतका पर्वमा मेलासमेत लाग्ने हुँदा धार्मिक पर्यटक आकर्षित गराउन सकिने उहाँको भनाइ थियो ।

भ्रमण टोलीमा रहेका प्रदेशसभा सदस्य तथा नेकपा प्रमुख सचेतक रामेश्वर फुयाँलले नेपाली सेनाले आफ्नो रणकौशलमार्फत् विदेशी सेनालाई हार खुवाएको भूमि मकवानपुरगढीको मौलिक व्यवस्थापन गरिनुपर्ने बताए । विभिन्न भाषामा मकवानपुरगढीको प्रचारप्रसारका सामग्री निर्माण गरेर देश विदेशमा चिनाउनुपर्ने उनको भनाइ थियो ।

भ्रमणमै रहेका प्रदेश नं ३ का प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले मकवानपुरगढीलाई प्रदेश सरकारले अत्यन्तै महत्वपूर्ण ऐतिहासिक धरोहरका रुपमा विकास गर्ने योजना रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस