१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रमिकका लागि श्रमिक दिवस नै ‘खल्लो’

अ+ अ-

इलाम । आज १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस देशभर धुमाधामसँग मनाइयो । चिया श्रमिकका लागि भने आफ्नै दिवस पनि खल्लो भएको छ । श्रमिक पारिश्रमिककै लागि एक महीना यता आन्दोलनमा छन् ।

सरकारी चिया बगान र कारखानाका श्रमिकले सरकारले तोके बमोजिमको ज्याला नदिएको भन्दै चिया श्रमिक आन्दोलनमा नै उत्रिएका हुन् । आन्दोलनलकै कारण श्रमिकले आज सामान्य तरिकाले मात्र दिवश मनाए । दिवसको अवसरमा चिया श्रमिकले सामान्य अन्तक्रिया कार्यक्रम मात्रै गरेका छन् ।

चिया श्रमिक तथा अखिल नेपाल चिया मजदूर संघका केन्द्रीय उपाध्यक्ष उमेश रेग्मीले ज्यालाको माग पूरा नभएपछि दिवसमा समेत ज्यालाकै बारेमा छलफल भएको बताए । ‘खासै हर्षोल्लासका साथ दिवस मनाइएन । तोकिएकै ज्याला नपाएपछि श्रमिक दिवस मनाउनुको औचित्य छैन’, रेग्मीले गएका वर्षका श्रमिक दिवसलाई सम्झदै भने, ‘हामी ¥याली तथा अन्य विभिन्न कार्यक्रम गरेर दिवस मनाउथ्यौँ तर यो वर्ष खास केही गरिएन ।’

सरकारले जारी गरेको ज्याला नपाएपछि काम नै छाडेर मजदूर आन्दोलनमा होमिएका हुन् । उनीहरूले माग पूरा नभएसम्म आन्दोलनमै रहने चेतावनीसमेत दिइरहेका छन् । ‘हामीले ज्यालाकै मुद्दालाई लिएर चिया दिवस पनि मनाएनौँ । किनकि हामीलाई श्रमिकका रूपमा हेरिएकै छैन । त्यसैले चिया दिवसको अवसरमा पनि विरोध ¥याली निकाल्यौँ’, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ इलामका अध्यक्ष रमेश खड्काले भने, ‘हामीले अरू माग राखेकै होइन । सरकारले तोकेको ज्याला पाउँ । त्यसपछि हामी काममा फर्कन्छौँ ।’

सरकारले गत साउन १ गतेदेखि लागू हुने गरी बगानमा काम गर्ने चिया श्रमिकको न्यूनतम दैनिक ज्याला रु ३८५ तोके पनि श्रमिकले रु २६५ देखि रु ३०८ सम्म मात्र पाउँदै आएका थिए । उद्योगमा काम गर्ने श्रमिकलाई दैनिक रु ४२ थपेर रु ४२७ ज्याला तोकिएको छ ।

राजपत्रमा श्रमिकको न्यूनतम मासिक ज्याला रु ६ हजार ४६९ र मङ्गी भत्ता रु ४ हजार ३८१ तोकिएको छ । यो कुनै प्रावधान कार्यान्वयनमा आएको छैन । ज्याला मात्र नभई श्रम ऐन–२०७४, श्रम नियमावली–२०७५, सामाजिक सुरक्षा ऐनसमेत कार्यान्वयनमा ल्याउन माग राखिएको छ ।

अहिले इलामका सरकारी स्वामित्वका चिया बगान इलाम चिया बगान, चिलिमकोट चिया बगान, कन्याम चिया बगान र सोक्तिम चिया बगानका श्रमिक काम नै ठप्प पारेर आन्दोलनमा छन् भने झापाका टोकला चिया बगान, बर्ने चिया बगान र बाह्रदशी चिया बगानका श्रमिक पनि काम छाडेर हड्तालमा छन् ।रासस

प्रतिक्रिया दिनुहोस