जापानको नयाँ सम्राट नारुहितोले राजगद्यी सम्हाले « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जापानको नयाँ सम्राट नारुहितोले राजगद्यी सम्हाले


१८ बैशाख २०७६, बुधबार


काठमाडौँ । जापानका सम्राट नारुहितोले बुधवार विधिपूर्वक राज्यारोहण गरेका छन्।

जापानी राजतन्त्रको इतिहासमा राज गद्दी सम्हाल्ने १२६ औं राजा नारुहितोले राज्यारोहणको औपचारिक र परम्परागत विधि सम्पन्न भएपछिको पहिलो सम्बोधनमा विश्वको जनताको सुख, देशको प्रगति र विश्वशान्तिको कामना गरेका छन्।

उनका बुवा आकिहितोले राजगद्दी परित्याग गरेको दिन मंगलबार मध्यरातपछि जापानी राजसंस्थाका उत्तराधिकारी नारुहितो औपचारिक रूपमा सम्राट बनेका हुन्।

उनन्साठी वर्षीय नारुहितोलाई एउटा तरबारको प्रति र एउटा बहुमूल्य रत्न दिइएको थियो। जुन वस्तुलाई जापानी साम्राज्यको शक्तिको प्रतीक मानिन्छ र जापानको राजपरिवारमा पुस्तौँदेखि त्यसरी नै नयाँ सम्राटलाई दिइँदै आएको छ।

उमेर र स्वास्थ्यका कारण देखाउँदै ८५ वर्षीय आकिहितोले पदत्याग गरेका थिए।

जापानी इतिहासमा दुई सय वर्षभन्दा बढीको अवधिमा कुनै सम्राटले स्वेच्छाले राज गद्दी त्याग गरेको यो पहिलो पटक हो।

जापानमा सम्राट फेरिएपछि नयाँ युग सुरु गर्ने प्रचलन अनुशार नारुहितो नयाँ सम्राट बनेपछि रेवा नाम दिइएको नयाँ युग आरम्भ भएको छ। जापानी भाषामा रेवाको अर्थ सुव्यवस्था र सामन्जस्य हो।

 

Tags :
प्रतिक्रिया दिनुहोस