१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फोरम प्रदेश नं २ को अध्यक्षमा विजय यादव निर्वाचित

अ+ अ-

लहान । सङ्घीय समाजवादी फोरम प्रदेश नं २ को अध्यक्षमा विजय यादव निर्वाचित हुनुभएको छ । फोरम प्रदेश नं २ को कार्यसमितिका लागि भएको मतदानमा फोरमका उपाध्यक्ष तथा पूर्वमन्त्री रेणु यादवलाई ३७ मतान्तरले पराजित गर्दै फोरमको केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेएका यादव निर्वाचित भएका हुन् ।

गए राति सम्पन्न मतगणना परिणामअनुसार विजय यादवले १८४ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी रेणु यादवले १४७ मत प्राप्त गरिन् । प्रदेश समितिको निर्वाचनमा ४०५ मतदाता थिए ।

फोरमको नयाँ विधानअनुसार प्रदेशको ५१ सदस्यीय समितिमध्ये ४१ का लागि निर्वाचन भएको थियो । निर्वाचन समितिका अनुसार २०० ले प्रदेश सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए । अध्यक्ष र सदस्यको निर्वाचन भएपछि नयाँ समितिले तीन उपाध्यक्ष, एक महासचिव, एक सचिव र एक कोषाध्यक्षसहित १० पदाधिकारी मनोनित गरिने व्यवस्था छ ।

अवैध कपडासहित एक पक्राउ

प्रहरीले सिरहाको मिर्चैया नगरक्षेत्रबाट डेढ लाख मूल्य बराबरको अवैध कपडासहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले मिर्चैया नगरपालिका–४ स्थित बताहाखोला नजीकैबाट ‘लेडिजसुट’ र साडीलगायतका तीन बोरा अवैध कपडासहित सिरहाको विष्णुपुर गाउँपालिका–५ निवासी २६ वर्षीय कमलेश महतोलाई पक्राउ गरेको हो ।

भारतबाट स४प १२१ नंको मोटरसाइकलमा अवैधरूपले कपडा ल्याइरहेको अवस्थामा कपडासहित महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरलेले जानकारी दिए । बरामद सामान आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने प्रवक्ता खरेलले बताए ।

प्रतिक्रिया दिनुहोस