२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोग प्रभावितमा क्षेत्रमा चिकित्सक र औषधिसहित हेलिकप्टर पठाइयोे

अ+ अ-

हुम्ला । अज्ञात रोगका कारण नौ जनाको मृत्यु भएपछि सो क्षेत्रमा प्रदेश सरकारले औषधि र चिकित्सक पठाएको छ । रोग प्रभावित हुम्लाको ताजाकोट गाउँपालिकामा प्रदेश सरकारको पहलमा चिकित्सक र औषधिसहित हेलिकोप्टर पठाइएको हो ।

सुर्खेतबाट हेलिकप्टरमा औषधिसमेत लिएर गएको चिकित्सकको टोलीलले बिरामीको अवस्था हेरेर उद्धारको काम गर्ने छ ।

ताजाकोटमा बिरामीलाई औषधि र रोग फैलिन नदिनका लागि प्रदेश सरकार लागिपरेको छ । औषधि र स्वास्थ्यकर्मीको अभाव हुन नदिनका लागि औषधिसहित स्वास्थ्यकर्मीको टोली घटनास्थलमा खटिसकेको छ ।

हरेक वर्ष हुम्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा औषधि अभाव हुनाका साथै स्वास्थ्यकर्मीसमेत नियमित स्वाथ्यचौकीमा नभेटिँदा समस्या भएको स्थानीय बासिन्दाको गुनासो छ । हुम्लाको उक्त गाउँपालिकामा पहिचान नभएको रोगका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । सोही गाउँपालिका–१, २ र ३ थुप्रै मानिस थला परेको जनाइएको छ ।

अज्ञात रोगका कारण एक जनाको चैत २६ गते र अन्य आठको वैशाख पहिलो सातादेखि अहिलेसम्म मृत्यु भइसकेको छ । मृत्यु हुनेमा दुई बालक र सात वृद्ध छन् ।

शनिबार बिहान मात्रै ताजाकोट–१, जिमानागाउँका ५५ वर्षीय वीरबल रिठालको मृत्यु भएको थियो । यसअघि शुक्रबारसम्म ७५ वर्षीया कुसुमा रिठाल, ६० वर्षीय शुरजीत खड्का, वडा नं २ का ५५ वर्षीय रङ्गे कोली र पाँच वर्षीया सुनकेसा सुनार छन् ।

यस्तै वडा नं ३ का ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जिरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महीनाका बालक सञ्जीव थापाको पनि ज्यान गएको स्वास्थ्यचौकी प्रमुख जैसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस