२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विप्लवका ब्यूरो सचिवसहित १३ पक्राउ

अ+ अ-

धनगढी । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका सेती ब्यूरो सचिव एवं पूर्वसभासद डबलबहादुर शाह (भगत सिंह) लाई प्रहरीले आज धनगढीबाट पक्राउ गरेको छ ।

बाजुरा जिल्ला स्थायी ठेगाना भएका शाहलाई धनगढी उपमहानगरपालिका–४ स्थित बस बिसौनीबाट सशस्त्र प्रहरी बलको टोलीले विभिन्न दस्तावेजसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए । पक्राउ परेका शाहमाथि राजद्रोहमा मुद्दा चालाइएको छ ।

सरकारबाट प्रतिबन्द लगाइएपछि हालसम्म उक्त समूहका १३ जनालाई पक्राउ गरिएको जनाइएको छ । पक्राउपर्नेमा विप्लव समूहका युथ रेडफोर्सका जिल्ला संयोजक रुपेश देवकर, जनसरकार प्रमुख अमर बम, जिल्ला सदस्य कैलाश भन्ने जगत आउजी, सचिवालय सदस्य ध्रुव सञ्ज्याल, किसान संघका जिल्ला अध्यक्ष उदयराम थापा, पूर्वडिसिएम कृष्णबहादुर शाही छन् ।

यसैगरी हुम्ला घर भएका प्रदेश नं ७ का सैन्य कमाण्डर दानबहादुर फडेरा, सल्यान घर भएका अखिल नेपाल क्रान्तिकारी महिला संघका केन्द्रीय अध्यक्ष बन्धुकुमारी चन्द, अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संघ सुर्खेतका अध्यक्ष पुष्पराज न्यौपानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त समूहका कार्यकर्ता इन्द्रबहादुर बम, सुरेन्द्र सुनार भन्ने बलबहादुर विसी र सीता देउकरलाई पनि पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस