२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शैक्षिक सामग्रीको अभाव झेल्दै मुक्त कम्लरी

अ+ अ-

भीमदत्तनगर । कञ्चनपुर बेलौरी नगरपालिकाकी २० वर्षीया पार्वती चौधरी स्थानीय साहुको घरमा करीब ४ वर्ष कम्लरी बसिन् ।

घाँटीको क्यान्सरबाट आमा रामधनिया चौधरीको मृत्यु भएपछि उनी साहुको घरमा कम्लरी बस्न बाध्य भइन् । ७ वर्षअघि कम्लरी बसेको थाहा पाएपछि उनलाई विभिन्न निकायको सहयोगमा उद्धार गर्‍यो । कञ्चनपुर भीमदत्तनगरपालिका–१२ ऐरीस्थित पूर्ण माविको छात्रावासमा बस्दै आएकी चौधरी अहिले कक्षा ११ मा अध्ययनरत छिन् ।

‘भारतमा मजदूरी गर्न गएका बुबाआमा बितेको चार वर्षसम्म नआएपछि म कम्लरी बस्न गएको थिएँ’ उनले भनिन्, ‘त्यो रहर नभइ बाध्यता थियो ।’ कम्लरीबाटमुक्त भएका किशोरीलाई सरकारले अध्ययनका लागि छात्रवृतिस्वरुप मासिक रु ४ हजार उपलब्ध गराउने गरेको भए पनि पार्वतीको हातमा भने मासिक रु ५ सय मात्रै पर्छ ।

विद्यालय व्यवस्थापनले पार्वती जस्तै मुक्तकम्लरी बस्दै आएको छात्रावासबाट प्रतिव्यक्ति मासिक रु ३ हजार ५ सय व्यवस्थापन खर्चवापत लिने गरेका छन् । ‘सरकारले दिएको रकमले अध्ययन गर्नै नसकिने अवस्था भयो’, पार्वतीले भनिन्, ‘महीनाको पाँच सयले त विद्यालयको ड्रेस धुन सावुन किन्न पनि पुग्दैन ।’

कक्षा १० सम्म अध्ययनसँगै शैक्षिक सामग्री स्कुलबाट निःशुल्क उपलब्ध गराइँदै आएको छ । प्रवीणता तह अध्ययन गर्ने मुक्तकम्लरी विद्यार्थी हाल शैक्षिक सामग्रीको अभाव झेल्दै आएका छन् ।

‘कापी, किताब मिल्ने भनेको १० कक्षासम्म मात्रै हो’, छात्रावासमा बस्दै आएकी बन्दना चौधरीले भनिन्, ‘महङ्गीले हामीलाई त अध्ययनमा समस्या भएको छ ।’ उनले फाटफुट रुपमा विभिन्न दात्री निकायबाट सहयोग पाइरहेको बताइन् । स्वास्थ्य उपचारमा पनि कम्लरी विद्यार्थी समस्यामा रहने गरेका छन् ।

‘पढेर रोजगारी मिल्ने त धेरै टाढाको कुरो भइसक्यो’, उनले भनिन्, ‘सरकारले कम्लरीका लागि रोजगारीमा प्राथमिकता दिनुपर्‍यो ।’ वर्षसम्म काठमाडौँमा काम गरेकी बन्दना कक्षा–७ मा अध्ययनरत छिन् । ‘लत्ताकपडा र शैक्षिक सामग्रीका लागि स्थानीय तहले पनि पहल गरिदिएको छैन ।’ उनले भनिन्, ‘पढेर के गर्ने थाहा नै छैन ।’

मुक्त कम्लरीले आफूहरुलाई सीपमूलक तालीम तथा प्रशिक्षण दिनुपर्ने माग गरेका छन् । त्यसैगरी छात्रावासमा रहेकी भीमदत्तनगरपालिका–२ की सीमा चौधरीले विद्यालय प्रशासनबाट ठूलो सहयोग मिलेको बताइन् ।

‘घरमा पनि आर्थिक समस्या विकराल बनेर आफन्तकैमा कम्लरी बसे’, उनले भनिन्, ‘अहिले पनि फेरि अवस्था उस्तै आउने चिन्ता लाग्छ ।’ छात्रावासमा आश्रय लिइरहेका सबै किशोरी थारु समुदायका हुन् ।

यता कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा भने कम्लरीबाटमुक्त भएका २०१ किशोरीे सहकारीमा आवद्ध छन् । मुक्तकम्लरी विकास मञ्चलाई सहयोग गर्दै आएको नेपाल युथ फाण्डेशन नेपालका परियोजना सहायक चन्द्र कुँवरले सहकारीलाई सहयोग भइरहेको बताए ।

मञ्चकै सहयोगमा विसं २०६७ मा मुक्तकम्लरी बचत तथा ऋण सहकारी संस्था स्थापना भएको हो । कञ्चनपुरमा मुक्तकमैयाका सात वटा सहकारीमा ३९४ आवद्ध छन् । सहकारीबाट ऋण लिएर व्यवसाय गर्नुका साथै संस्थामार्फत व्यवसाय तथा सीपमूलक तालीम दिइँदै आएको नेपाल युथ फाण्डेशन नेपाल परियोजना सहायक कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस