२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समायोजनबारे कर्मचारीको गुनासो : ‘९० प्रतिशत गुनासा मनका वह’

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनबारे प्राप्त ९० प्रतिशत गुनासाहरू मनका बह भएको बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पण्डितले ५० प्रतिशत भन्दा कर्मचारीले विधिगत रूपमा आफ्नो विवरण नै नभरेको बताउँदै समायोजनमा चित्त नबुझेका कर्मचारीका लागि गुनासो दर्ता गर्न दिएको समयमा प्राप्त गुनासाहरू केलाउँदा यस्तो तथ्य देखिएको बताएका हुन् ।

‘अहिले आएका गुनासोमा ९० प्रतिशत गुनासो मनको बह छ’ मन्त्री पण्डितले भने ‘रोज्न त मैले पहिले त्यही रोजेको थियो अहिले मन फर्केर अर्को ठाउँमा जान मन लाग्यो भन्ने जस्ता गुनासा छन् ।’

‘मन कता-कता कुद्छ । कुन-कुन देश कुद्छ ? कुन-कुन ग्रह कुद्छ ? कुन-कुन दिन, कुन-कुन ठाउँमा कुद्छ त्यसको जिम्मेवारी त्यो सफ्टवेयरले बोकिदिनु पर्ने ?’ सफ्टवेयरको विश्वसनीयता तथा निष्पक्षतामाथि कर्मचारीले लगाउँदै आएको आरोप प्रष्ट्याउँदै उनले भने,- ‘सफ्टवेयरले कर्मचारीलाई न्याय गरेको छ ।’

‘सफ्टवेयरले केदार र भोला जि लाई कहाँ पुर्‍याएको छ ? यही देख्दै हुनुहुन्छ नि ।’ पण्डितले कार्यक्रममा उपस्थित नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष केदार प्रसाद देवकोटा र आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला नाथ पोखरेललाई देखाउँदै भने ‘सफ्टवेयरले गरेको न्याय हो यो ।’

समायोजनमा भनसुन चल्यो भन्नेतर्फ इङ्गित गर्दै उनले ट्रेड युनियनका जिम्मेवार नेताहरूसमेत स्थानीय तहमा समायोजन हुनुले पनि कुनै खालको भनसुन नचलेको बताए ।

समायोजनमा चित्त नबुझेका तथा अनसन्तुष्टि जनाउँदै मन्त्रालयमा प्राप्त निवेदनहरू हेर्नका लागि १२ वटा टिम बनाई प्रत्येक निवेदन हेरेको मन्त्री पण्डितको भनाई छ ।

उनले समायोजनका क्रममा र समायोजन पछि पनि निधै धेरै दबाब आएको बताएका छन् ।

‘व्यक्तिगत पीडा सिस्टमसँग जोडेर मात्रै हेर्छु । सिस्टमलाई तोडेर केही पनि गर्दैन ।’ उनले भने ‘अपराध प्रति माया हुन सक्दैन । कठोरता नै हुन्छ । जो अगुवा सबैभन्दा बढी अपराध गर्छ भने थपेर दण्ड हुनुपर्छ ।’

समायोजन पछि पनि कतिपय कर्मचारी हाजिर गर्न नगएको तथा समायोजन भएको ठाउँमा हाजिर अझै हाजिर नभएको बारे प्रष्ट्याउँदै मन्त्री पण्डितले कर्मचारीले ‘समायोजन भएको ठाउँमा जानै पर्ने’ बताए ।

‘यो सरुवा होइन । समायोजन हो । जानै पर्छ ।’ उनले भने ‘कुनै इरर भएको हो भने विधिसम्मत करेक्सन हुन्छ । एक्लै गर्दैन ।’

साँच्चैकै त्रुटि नै भएको टिमले ठह¥याए क्याबिनेटमा लगेर फुकाउनसमेत आफू तयार रहेको तर जायज निर्णय भएको ठाउँमा जानै पर्ने उनको भनाई छ ।

उनले कतिपय ठाउँमा समायोजन भएर गएका कर्मचारीलाई हाजिर नगराई फिर्ता पठाएको विषयमा मन्त्री पण्डितले आपत्ति जनाएका छन् ।  ‘कसैले म हाजिर गराउँदिन भन्ने हो भने हाजिर गराउनै पर्छ । मन्त्री पण्डितले भने ‘एकातिर माग्ने पनि अर्कोतिर हाजिर पनि नगराउने ?’

‘भनेकै कर्मचारी तपाईँ कहाँ पुग्छ भन्ने त छैन ।’ उनले प्रस्ट पारे ।

मन्त्री पण्डितले कर्मचारीहरूले आफ्नो ‘जिम्मेवारी र दायित्व बिर्सेर अर्कातिर दोष थोपार्न’ नहुनेसमेत बताए ।  ‘कर्तव्य बिर्सने र अधिकार मात्रै खोजी खोजी हिँड्नेको यस्तै हुन्छ’ मन्त्री पण्डितले भने ।

प्रतिक्रिया दिनुहोस