२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्ति सुरक्षामा खलल पार्ने छुट कसैलाई नदिने : गृहमन्त्री थापा

अ+ अ-

विराटनगर । गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा खलल पुर्‍याउने छुट कसैलाई पनि नदिने बताएका छन् ।

गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नं १ को सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर आएका मन्त्री थापाले सञ्चारकर्मीहरुसँग भने,’आन्दोलनको नाममा जनताको अधिकार कुण्ठित गरी शान्ति सुरक्षामा अवरोध पुर्‍याउनेलाई सरकारले कानून बमोजिम कारवाही गरिनेछ ।’

गृहमन्त्री थापाले हिंसात्सक गतिविधि अन्त्य गर्नका लागि विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउने प्रयास भइरहेको बताउँदै विभिन्न माग राखी आन्दोलन गर्ने सबै असन्तुष्ट पक्षलाई सरकारले वार्ता र संवादमा आउन आह्वान गरेको जानकारी दिए ।

विखण्डनकारी समूहलाई समेत मूलधारमा ल्याइसकेको अवस्थामा विप्लव समूहलाई पनि आतङ्ककारी क्रियाकलाप छाडी वार्तामा आउनुको कुनै विकल्प नरहेको उल्लेख गर्दै उनले विप्लव समूहले जनतामा आतङ्क सिर्जना गर्नुका साथै हत्या हिंसा तथा निजी र सरकारी सम्पत्ति तोडफोड गरी विध्वंसकारी गतिविधि गरेकै कारण सरकारले उनीहरुको गतिविधि निषेध गरिएको स्पष्ट पारे।

गृहमन्त्री थापाले भने, ‘वर्तमान सरकार जनताको भएकाले राजनीतिक दल वा समूहको असहमतिलाई वार्ता र छलफलबाट सबै समस्याको समाधान गर्ने छ ।’ विगतको वर्षभन्दा जनताले अनुभूत गर्ने गरी शान्ति सुरक्षामा गुणात्मक सुधार आएको चर्चा गर्दै उनले शान्ति सुरक्षा कायम राख्न वर्तमान सरकार दृढ रहेको छ भने ।

मन्त्री थापाले वर्तमान सरकार निर्माण भएको पहिलो वर्षलाई आधार वर्ष मानिएको बताउँदै यो वर्षलाई समृद्ध वर्षका रुपमा मनाउने हुँदा मुलुकभित्र द्रुतगतिमा आवश्यक पूर्वाधार निर्माण गर्ने धारणा व्यक्त गरे ।

वर्तमान सरकारले दुवै छिमेकी मुलुकलगायत अन्तर्राष्ट्रिय क्षेत्रसँग पारस्परिक हितका आधारमा मैत्री सम्बन्धमा सुधार गर्न सफल भएको पनि उनले बताए । मङ्गलबारदेखि शुरु भएको सो दुई दिने सुरक्षा गोष्ठीमा यो प्रदेशअन्तर्गतका जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका उच्चपदस्थ पदाधिकारीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस