१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्धिका लागि उत्पादनमा जोड

अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियान सफल पार्न उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । रुपा गाउँपालिकास्थित बेगनासताल भोर्लेटार मोटरबाटोको आज कास्की र लमजुङ जिल्लाको सिमानस्थित पिप्लेमा शिलान्यास गर्दै उनले जग्गा बाँझो राखेर खाद्यान्न एवं तरकारी किनेर खाने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए ।

सडक निर्माणले ग्रामीण क्षेत्रमा उत्पादन भएको वस्तु बिक्री गर्नका लागि उपयोग गरिनुपर्नेमा जोड दिँदै उनले विकास निर्माण र समृद्धिका लागि सबै सङ्गठित भएर लाग्नुको विकल्प नभएको विचार व्यक्त गरे। तोकिएको समय र गुणस्तरीय निर्माण नगर्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारवाही गरिने मुख्यमन्त्री गुरुङ्गले त्यस्ता कम्पनीलाई आगामी दिनमा कुनै पनि विकास निर्माणको बोलपत्र प्रक्रियामा समावेश नगरिने तयारी भइरहेको जानकारी दिए ।

सांसद खगराज अधिकारीले बाटो निर्माणसँगै यस क्षेत्रको उत्पादन बजारीकरणमा सहयोग पुग्ने बताउँदै विकास निर्माणमा जनप्रतिनिधि र स्थानीय जनाताको सक्रिय सहभागिताको आवश्यकता औल्याए । प्रदेशका भौतिक योजना तथा विकासमन्त्री रामशरण बस्नेतले प्रदेश सरकारले एक घर एक धारा, कुहेका काठका पोल हटाएर स्टील पोल राख्ने अभियान सञ्चालन गरेको बताए । प्रदेशसभा सदस्य दीपक कोइरालले प्रदेशको गौरवको योजनामध्येको उक्त बाटो निर्माणसँगै कास्की, लमजुङ, तनहुँ र गोरखा जिल्लाका जनतालाई सुविधा पुग्ने विश्वास व्यक्त गरे ।

कूल साढे ११ किलोमिटर लम्बाइ, नालासहित साढे १० मिटर चौडाइको(डिबिएसटी) प्रविधिबाट साढे दुई वर्षको अवधिमा निर्माण सम्पन्न गरिने लक्ष्य रहेको सो बाटोको कूल लागत रु २६ करोड ८६ लाख ९९ हजार ५५३ रहेको कार्यक्रममा जानकारी दिइयो ।गाउँपालिकाका अध्यक्ष नवराज ओझाको अध्यक्षतामा भएको कार्यक्रममा मध्यनेपाल नगरपालिकाका उपप्रमुख राजकुमार श्रेष्ठ, प्रदेश भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठा, निर्माण व्यवसायी सञ्जय हिराचन लगायतले सडक निर्माण विकासको पहिलो पूर्वाधार भएको विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस