आफ्नै श्रीमतीलाई कुटपिट गरी मारेको अभियोगमा पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आफ्नै श्रीमतीलाई कुटपिट गरी मारेको अभियोगमा पक्राउ


प्रशासन संवाददाता

१० बैशाख २०७६, मंगलबार


रौतहट । आफ्नै श्रीमतीलाई कुटपिट गरी मारेको अभियोगमा माधवनारायण नगरपालिका-३ सखुवा बस्ने २६ वर्षीय अनिल कुमार साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अनिलले २१ वर्षीया श्रीमती रमिता साहलाई सोमबार राति कुटपिट गरी गम्भीर घाइते बनाएकाले नेशनल मेडिकल कलेज बीरगञ्ज पठाएकोमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस