तारा एयरको जहाज दुर्घटना : जहाजमा सवार सबै सकुशल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

तारा एयरको जहाज दुर्घटना : जहाजमा सवार सबै सकुशल


९ बैशाख २०७६, सोमबार


काठमाडौं । मन्थली विमानस्थलमा तारा एयरको जहाज दुर्घटनामा परेको छ । दुर्घटनामा परेको जहाजमा सवार सबै सकुशल रहेका छन्।

जहाजमा १७ जना यात्रु सवार थिए। १४ जना विदेशी र चालक दलका ३ जना सबै सकुशल रहेको विमानस्थल कार्यालयले जनाएको छ।

काठमाडौंबाट उडेको उक्त जहाज रामेछापको मन्थली विमानस्थलमा अवतरणका क्रममा बिहान चिप्लिएर दुर्घटनामा परेको थियो। सोलुका लागि उडेको सो विमान खराब मौसमका कारण मन्थलीमा डाइभर्ट गर्दा दुर्घटनामा परेको विमानस्थल कार्यालयले पुष्टि गरेको छ।

‘नाइन एन–८८८ कल साइन’ भएको डोर्नियर विमान जहाजको हाइड्रोलिक पाइप फुटेर‘रन–वे’बाट चिप्लिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस