श्रीलङ्काको घटनाप्रति सभापति देउवाद्वारा दुःख व्यक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

श्रीलङ्काको घटनाप्रति सभापति देउवाद्वारा दुःख व्यक्त


९ बैशाख २०७६, सोमबार


नेपाली काङ्ग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीलङ्काको कोलम्बोमा भएको शृङ्खलाबद्ध बम विष्फोटनमा परी सयांैँ मानिसको मृत्यु र घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको निन्दा र भत्र्सना गरेका छन्।

उनले विज्ञप्तिमार्फत सो घटनाले सम्पूर्ण विश्वलाई नै शोक विह्वल र स्तब्ध बनाएको उल्लेख गर्दै विश्वको जुनसुकै कुनामा हुने मानवताविरुद्धका यस्ता आतङ्ककारी घटनाको कांग्रेस सदैव घोर निन्दा र भत्र्सना गर्दछ भनेका छन् ।

“हत्या, हिंसा र आतङ्क सदाका लागि अन्त्य गरिनु पर्दछ भन्ने कांग्रेसको स्पष्ट धारणा रहँदै आएको छ । यस दुःखद् क्षणमा म र मेरो पार्टीको तर्फबाट श्रीलङ्का सरकार र त्यहाँका जनताप्रति सहानुभूति प्रकट गर्दछु । साथै, धैर्यताका साथ अगाडि बढ्न आग्रह गर्दछु”, विज्ञप्तिमा उल्लेख छ ।

सभापति देउवाले घटनामा परी निधन भएका सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना र उनीहरुका परिवारजनप्रति समवेदना प्रकट गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस